सलमान खानको टि-शर्ट ५ लाखमा विक्री, अंगालो हालेको १० हजार
सलमान खानलाई बलिउडको एक मात्र 'हिरो' पनि भन्ने गरिन्छ । उनका फ्यानको संख्या अनुमान गर्न पनि गाह्रो छ ।
उनका फ्यान कति सम्म क्रेजी छन् भन्ने पछिल्लो पटक उनको टि-शर्ट किन्न देखिएको हानाथापबाट पुष्टी भएको छ । शनिबार एक फ्यानले सलमानले लगाएको टि-शर्ट ५ लाख भारु हालेर खरिद गरेका छन् ।
शनिबार इण्डिया टुडे कन्क्लेवको मञ्चमा सलमान आएपछि उनका फ्यानहरुले हंगामा नै गरे । सेसन सकिएपछि जापानबाट आएका एक ब्यक्तिले आफूले वालवालिकाहरुका लागि शौचालय बनाउने अभियान थालेको तर पैसा नपुगेको गुनासो के गरेका थिए दिलदार सलमानको मन पग्लिहाल्यो । उनले फ्यानलाई आग्रह गरेपछि तत्काल ५ लाख ३० हजार रुपैयाँ जुटिहाल्यो ।
जव सलमानको टि-शर्ट लिलामी गर्ने कुरा भयो एक जना फ्यानले तत्काल ५ लाखमा टि-शर्ट किनी हाले । तर सलमानले पैसा शौचालय बनाउन अपुग हुने भन्दै आफूसँग अंगालो हाल्न चाहने जो कसैले १० हजार रुपैयाँ शौचालय निर्माणका लागि दिनु पर्ने बताए । सलमानको मुखबाट यति निस्कन नपाउँदै उनका फ्यानहरु एक एक गर्दै मञ्चमा चडेर सलमानलाई अंगालो हाल्न थाले । तर ३ जनापछि भने यसो गर्न रोक लगाइयो ।
त्यसपछि इण्डिया टुडेको समूह र सलमान सहित उनका फ्यानहरुले ६०० शौचालय बनाउने जिम्मा लिएका थिए ।