हिँजो देखि हराएको विमानको अवस्था अझै सम्म पनि अज्ञात (फोटो फिचर)
२५ फाल्गुण, एजेन्सी ।
शनिबार देखि हराइरहेको मलेसियन एयरलाइन्सको विमान २४ घण्टा वितिसक्दा पनि भेटिएको छैन । भियतनामका अधिकारीहरुले विमानको भग्नाबशेष भेटिएको बताएपनि सो दावी सत्य नभएको पुष्टी भएको छ ।
उद्धार टोलीहरुले निरन्तर विमानको खोजी गरिरहेका छन् ।
भियतनामका नौ सैनिक अधिकारीहरुले विमान भियतनाममा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको दावी शनिबार नै गरेका थिए । भियतनाम हुँदै बग्ने मेकोङ नदी किनारको डेल्टा क्षेत्रमा विमानको भग्नावशेष फेला परेको भियतनामी दावी सही नभएको पुष्टी भएको छ ।
आइतबार विहान २३९ जनालाई लिएर चीनको बेइजिङ जाँदै गरेको मलेसियन एयरलाइन्सको विमान उडेको केही समयपछि सम्पर्क विहिन भएको थियो ।
दुर्घटनामा परेको भनिएको MH370 विमानमा २२७ यात्रु र १२ जना चालक दलका सदस्य सवार रहेका थिए ।
स्थानीय समय अनुसार आइतबार विहान २ बजेर ४० मिनेटमा विमानले सुबाङ एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम सम्पर्क गरेको अधिकारीहरुले बताएका छन् । १२ बजेर ४१ मिनेटमा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान ६ बजेर ३० मिनेटमा बेइजिङ पुग्नु पर्ने थियो ।
विमान हराउनुमा आतंकवादीहरुको हात हुन सक्ने आशंका समेत गरिएको छ ।
मलेसियन एयरलाइन्सले भने विमानमा रहेका यात्रुहरुका लागि प्रर्थना गर्ना सम्पूर्ण मलेसियाली र विश्वका नागरिकलाई आग्रह गरेको छ ।
विमानको अवस्था थाहा हुन नसकेपछि विमानमा रहेका यात्रुका आफन्त भने शोकमा डुबेका छन् ।