अरविन्द केजरीवालले ‘मिडिया सेटिङ’ गरेको भिडियोले मच्चायो तहल्का

एजेन्सी। आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल प्राय मिडिया पक्षपाती हुने गरेको आरोप लागाउदै आएका छन‍। तर हालै एउटा यस्तो भिडियोको खुलासा भएको छ कि जहा केजरीवाल स्वंयेम मिडियासँग ‘सेटिङमा’ लागेको देखिएको छ।
भारतीय सञ्चार माध्यम नभभारत टाइम्सले दिएको समाचार अनुसार उक्त भिडियो केजरीवालले दिल्लीको मुख्यमन्त्रीको पदबाट राजिनामा दिएपछि एउटा नयूज च्यानललाई दिएको अन्तरवार्ता पछिको रहेको बताइएको छ। यूट्यूबमा राखिएको यस एक मिनेट भिडियोमा ‘अरविन्द केजरीवाल एण्ड पुण्य प्रसून बाजपेयी एक्सपोज्ड’ नामबाट अपलोड गरिएको छ। यसलाई  हालसम्म दुई लाख भन्दा बढीले हरिसकेकाछन्।
प्रसुन वाजपेयी भारतमा प्रतिष्ठीत र सञ्चारकर्मी मानिन्छन । जीटीभिीमा कार्यरत उनी जी टीभिका सम्पादक कोइला प्रकरणमा रकम मोलमोलाइमा फसेपछि उनले जी टीभी छाडेर आजतक टीभीमा काम शुरु गरेका थिए।

,

news and entertainment