इजरायलमा पनि मनाइयो नारी दिवस

सुभद्रा भण्डारी श्री सत्यसाई सेन्टर इजरायलको आयोजनामा इजरायलमा १०४ औ अन्तराष्ट्रिय नारी दिवश भव्य रूपमा सम्पन्न भएको छ ।

८ मार्च शनिवार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यता,उहाँकी धर्म पत्नी सिता प्रसाई तथा नेपाली राजदुतावासकी द्वितिय सचिव रोशन खनालको विशेष अतिथ्यता र इजरायलमा रहेका विभिन्न संघ संस्थाका महिला प्रतिनिधीहरू र मिडियाकर्मीहरू लगायत उल्लेख्य नारीहरुको उपस्थितीमा नारी दिवस मनाइएको हो ।isralकार्यक्रममा कार्यक्रमकी संचालिका समेत रहनुभएकी श्री सत्यसाई केन्द्रकी अध्यक्ष नेहा गुरुङ साईरामले नारी दिवशको वारेमा अत्यन्तै रचनात्मक ढंगले वर्णन गर्दै कार्यक्रमलाई उत्साहित वनाउदै नारी भावनाबाट ओतप्रोत सृजनाहरू प्रस्तूत गर्न प्रोत्साहित गर्नुभएको थियो । सोही सोही क्रममा शुभद्रा भण्डारी ,राज्यश्वरी त्रिपाठी , मिना वान्तवा , सवि पाठक , लगायतका महिलाहरूले महिला हक हितका वारेमा लेखिएका रोचक कविता, गीत तथा मुक्तक सुनाएर कार्यक्रमलाई निकै रौनकता प्रदान गरेका थिए ।

, ,

news and entertainment