नामै नसुनेको अतिवादीले लियो विमान अपहरणको जिम्मा
वेइजिङ । तीन दिनदेखि बेपत्ता मलेसियन एयरलाइन्सको फ्लाइट एम एच ३७० बोइङ अपहरणको जिम्मा एक चिनियाँ अतिवादी समूहले लिएको छ ।
यसअघि नामै नसुनेको चिनियाँ अतिवादी समूह ‘
चाइनिज मार्टर्स व्रिगेड’ले चिनियाँ पत्रकारहरुलाई इमेल गर्दै प्रतिशोधस्वरुप जहाज अपहरण गरेको जानकारी गराएको हो ।
उनीहरुले चिनियाँ पत्रकारहरुलाई पठाएको इमेलमा प्रतिशोधको कारण विमान अपहरण गरिएको बताउँदै आफ्नो समूहको एकको हत्या गरेदेखि कब्जामा रहेको सयको हत्या गर्ने बताएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन् । तर, मलेसियन एयरलाइन्सले भने सो कुराको विश्वास गर्न नसकिने बताएको छ ।
