बेलायती मन्त्री डङकन सोमबार नेपाल आउने

काठमाडौ, १८ फागुन , बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री एलन डङकन सोमबार नेपाल भ्रमणमा आउने भएका छन् ।

तीन दिने भ्रमणको क्रममा मन्त्री डङकनले सरकारी अधिकारी, राजनीतिक दलका नेता, निजी क्षेत्रका प्रतिनिधि लगागतसँग भेट्नेछन् ।

नेपाल बसाइको क्रममा उनले नेपालको गरिबी न्यूनिकरण र आर्थिक विकासमा बेलायत सरकारले गर्ने सहयोग र साझेदारीका विषयमा छलफल गर्ने छन् ।

यस्तै, सन् २०१५ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकी मनाउने विषयमा पनि उनले छलफल गर्ने नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

मन्त्री डङकनले बेलायतको गोर्खा सामाजिक सेवाअन्तर्गत कास्कीमा सञ्चालित ग्रामिण खानेपानी र सरसफाइका कार्यक्रमको अवलोकन पनि गर्नेछन् । उनी यसभन्दा पहिले चार पटक नेपाल भ्रमणमा आइसकेका छन् ।

news and entertainment