परिणिती र ‘आशिकी २’ हिरोको बढ्दो हिमचिम
नायिका परिणिती चोपडाका लागि यतिबेला ‘आशिकी २’ हिरो अदित्य रोय कपुर आशातित नायक लाग्न थालेको छ । ‘उनी बलिउडका चम्कदा हिरो हुन्’, परिणिती यसै भन्छिन् । हबिब फैजलको नयाँ चलचित्रमा यि दुई कलाकार एकसाथ काम गरिरहेका छन् । उनीहरु छायांकन स्थलमा एक अर्कासँग प्रशस्त समय बिताउन चाहन्छन् ।
परिणिती अनुपम खेर र अदित्यसँग आफू निकट भएको स्विकार गर्छिन् । उनी आफूहरु एकसाथ खाने, रमाइलो गर्ने गरेको बताउँछिन् । यसअघि पनि अदित्यको नाम ‘आशिकी २’ हिरोइन श्रद्धा कपुरसँग जोडिएको थियो ।