लगानीकर्ता महेशसिंहका आफन्त भन्छन् ‘एसएसपी खरेलले फसाए
काठमाडौ। प्रकाशचन्द्र बस्नेत र उनकी श्रीमतीको अपहरणको प्रयासको आरोपमा महानगरिय प्रहरी परिसर हनुमान ढोकाले पक्राउ गरेको राखेका महेसबहादुर सिंहको परिवारले प्रहरीले ओहोदाको दुरुपयोग गरेर अनावश्यक रुपमा पक्राउ गरेर दुख दिएको आरोप लगाएका छन।

विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सिंहका परिवारले प्रहरीले प्रमाणको रुपमा प्रस्तुत गरेका तथ्यहरुसमेत गलत र भ्रम छर्ने खालको भएको दावी समेत गरेको थियो।
पत्रकार सम्मेलनमा बोल्दै सिहंका दाजु महेन्द्रबहादुर सिंहले बैंकको कालो सुचिमा रहेर बैंकबाट ऋण पाउन नसक्ने अवस्था रहेकोले अदालती प्रक्रिया अघि बढाईसकेको अवस्थामा अपहरण गरेको आरोप लगाउनुले फसाउन नियत रहेको दावी रे ।
उनले भने–बस्नेतले पटक पटक गरी ६ करोड ५०लाख रुपैया ऋण लिएको र समयमा फिर्ता नगरेपछि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेर अहिलेसम्म विचाराधिन रहेको र प्रहरीले कारवाहीको लागि निवेदन लिन नमानेपछि अख्तियार मार्फत माघ १९ गते कारवाही अघि बढाउन निवेदन दिएको र अख्तियारले प्रहरी प्रधानकार्यालयलाई समेत निर्देश दिएर न्यायिक प्रक्रिया अपनाईसकेको अवस्थामा अपहरण गर्ने कुरा कपोकल्पित र भ्रामक मात्रै हो । यसमा कसैको फसाउन नियत छ ।
उनले घरबाट बरामत गरिएको भनिएको हतियार लाईसेन्स भएको हतियार भएको र बरामद भएको नरायोको सिंह आफ्ना वुबा पूर्व अन्चलाधिस मोहन बहादुर सिंहले ओखटोपहारबाट ल्याएको पुरानो चिज भएको समेत स्पष्ट पारे ।
सिंहले अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्न योजनाबद्ध रुपमा अहरणको आरोप लगाईएको आशंका ब्यक्त गर्दै पत्रपत्रिकामा एकहोरो मात्रै कुरा आएकोले आफूहरु बाध्य भएर स्पष्ट पार्न पत्रकार सम्मेलन गर्न बाध्य भएको गुनासो गरे ।
श्रीमती जय श्री सिंहले ऋण उठाउने प्रक्रियामा न्यायिक बाटो अवलम्बन गरिसकेको अवस्थामा अपहरण गर्नुको कुनै औचित्य नहुने भन्दै आफ्नो श्रीमानलाई जवरजस्ती फसाउन खोजिएको दावी गरिन ।
http://www.hamrakura.com/
