पर्सामा आगलागीले बनायो २१ परिवारको बिचल्ली

बिहिबार बिहान पर्सा जिल्लाको हरिहरपुर गाविस वडा नं ९ गुलरीया टोलमा भएको आगलागीमा परी एक दर्जन भन्दा बढी घर जलेर नष्ट भएका छन् | आगलागीमा लाखौं मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

हावा चलेकाले आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रहरीको भनाइ छ । स्थानीय राजदेव पासवानको घरबाट सल्केको आगोले छेउछाउका घरसमेत जलेको स्थानीय बासिन्दाले बताएका छन् ।खाना पकाएर आगो राम्रोसँग ननिभाएका कारण सल्किएको आगोले एक दर्जन घर जलेका छन् ।

आगलागीमा राजदेवसहित स्थानीय रामदेव पासवान, नरेश पासवान, उमेश पासवान, जोखन पासवान, भरोसी पासवान, पहाडी पासवान, लाली पासवान, मञ्जु पासवान, सम्भु पासवान, रमाकान्त पासवान, उमाकान्त पासवान, मङगली पासवान, दिनेश हजरा, राजिन्द्र महतो, महेन्द्र महतो, चन्देश महतो, जोखन कंकर, ईनल कंकर, वीरेन्द्र महतो, अनिल हजरा लगायतकोे घर जलेर नष्ट भएको छ ।

गरिब दलित बस्तीमा भएको आगलागीका कारण २१ परिवारको बिचल्ली भएको छ । आगो नियन्त्रणका लागि वीरगञ्ज उपमहानगरपालिकाबाट गएको दमकल, इलाका प्रहरी कार्यालय लङगडी, प्रहरी चौकी भिस्वा, जानकीटोल, मिर्जापुर, आसवारी, र सशस्त्र प्रहरी बेस क्याम्प भिस्वा र भिखमपुरको सशस्त्र प्रहरी र स्थानीय बासिन्दा समेत लागि परेका छन् ।

,

news and entertainment