हाकिमले यसरी धुलोमा उडाए सरकारी ढुकुटी, विदेश भ्रमणका लागि दुई दिनमै २१ लाख

३० फागुन, काठमाडौं । प्रधानमन्त्री कार्यालयअन्तरगत विदेश घुम्न जाने हाकिम र कर्मचारीहरुका लागि दुई दिनमा सरकारी ढुकुटीबाट २१ लाख ७१ हजार रुपैयाँभन्दा बढी स्वाहा भएको छ । विहीबार प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्लको टोलीले १३ लाख र बुधबार सहसचिव घनश्याम उपाध्यायको टोलीले साढे ८ लाख खर्च गरेर विदेश शयर गर्ने सौभाग्य प्राप्त गरेका हुन् ।

सचिव सिंहको नेतृत्वमा जेनेभा भ्रमणमा निस्किएको पाँच सदस्यीय हाकिमहरुको टोलीमा चारजना सहसचिवहरु दीपक धिताल, डिल्लीराज घिमिरे, शंकरप्रसाद कोइराला र रमेश ढकाल रहेका छन् । उनीहरुको टिकटका लागि गण्डकी टुर्स एण्ट ट्राभल्सलाई ७ लाख २७ हजार ९ सय ३० रुपैया सरकारी ढुकुटीबाट खर्च गरिएको छ भने त्यतिकै हाराहारीमा दैनिक भ्रमण भत्तामा खर्च गरिएको छ ।

विदेश जाँदा कर्मचारीहरुले पाउने दैनिक भ्रमण भत्ता बचाएर प्रशस्तै आम्दानी गर्ने गरेका छन् । जेनेभा भ्रमणका लागि सचिव मल्ललाई १ लाख ११ हजार ५ सय ७९ रुपैयाँ राज्यकोषबाट भत्ता छुट्याइएको छ भने अन्य सहसचिवले प्रतिव्यक्ति ९५ हजार ७ सय ९३ रुपैयाँ दैनिक भ्रमणभत्ता वापत पाउने छन् ।

सहचिव रमेश ढकालले १ लाख ८ हजार ५ सय ३४ रुपैयाँ दैनिक भ्रमणभत्ता वापत पाउने छन् । यो टोलीका लागि ‘अर्थ बजेट’को कोषबाट २१ लाख ७१ हजार २ सय ५३ रुपैयाँ राज्यले खर्च गरेको छ ।

कोरिया जानेलाई ८ लाख ६३ हजार

यसैगरी कोरियामा ‘अध्ययन भ्रमण’का नाममा अर्को सरकारी टोली ८ लाख ६३ हजार ७ सय ५ रुपैयाँ खर्च गरेर बाटो लागेको छ । सहसचिव घनश्याम उपाध्ययाको नेतृत्व रहेको यो टोलीमा दुई महिला र तीन पुरुष कर्मचारीहरु छन् ।

टोलीमा उपसचिव तुलसीप्रसाद घिमिरे, शाखा अधिकृत राजेश्वरी खत्री सापकोटा, शाखा अधिकृत सुमना अर्याल र नायव सुब्बा निरञ्जन श्रेष्ठ छन् । उनीहरुको टिकटका लागि ५ लाख २७ हजार ८ सय २५ रुयैयाँ खर्च गरिउको छ भने बाँकी रकम दैनिक भ्रमण भत्ता र कार्यक्रम खर्चमा भुक्तानी गरिएको छ ।
- अनलाइनखबर

,

news and entertainment