टनकपुर बाँध सम्बन्धी विवाद सदनमा पुग्र्यो

१९ फागुन,काठमाडौं। एकीकृत नेकपा माओवादीले टनकपुर बाध सम्बन्धमा प्रधानमन्त्री सुशील कोइरालाले दिएको अभिव्यक्तीप्रति सदनमा आपत्ति जनाएको छ । राष्ट्रियता सम्बन्धमा प्रधानमन्त्री कोइरालाले दिएको अभिव्यक्ती गम्भीर भन्दै माओवादीले प्रधानमन्त्रीको अभिव्यक्तीवारे सदनमा सरकारको जवाफ माग गरेको छ ।

व्यबस्थापिका संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर एकीकृत माओवादीका जनार्दन शर्माले टनकपुर बारे सुरु भएको नयाँ विबाद बारे सदनमा सरकारको जवाफ माग गरेका हुन् ।

उनले नेपाली भूमिमा बनेको बाधको बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ती गम्भीर भएका कारण सदनमा सरकारको जवाफ माग गरे । यसैबीच, सभामुख सुवास नेम्वाङले टनकपुर बाध सँबन्धमा उठेको बिषयमा सरकारको ध्यानाकर्षण गराए ।
टनकपुर बाँध सम्बन्धमा उठेको विबादवारे देश र जनताले थाहा पाउनु पर्ने भएको भन्दै सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन्। यसअघि प्रधानमन्त्री कोइरालाले टनकपुरका सम्बन्धमा कुनै विबाद नरहेको प्रतिक्रिर्या दिएका थिए ।

news and entertainment