नेपाली गुण्डालाइ भारतले पक्रेर नेपालमा बुझायो

१९ फागुन,जनकपुर। मिथिला आन्दोलनमा बम विष्फोट गराएका तराई विद्यार्थी लिबरेशन फ्रन्टका अध्यक्ष मुकेश चौधरीलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका चौधरीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपालगंजमा नेपाल प्रहरीको जिम्मा लगाईएको सुरक्षा श्रोतले जनाएको छ ।

२०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना धाईते भएका थिए । बम विष्फोटन घटना देखि नै प्रहरीले मुकेश चौधरीलाई खोजी गरि रहेका थिए । मुकेशको जनकपरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या काण्डमा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।

२०६६ फागुन १७ गते सिंघानियाको हत्या भएको थियो । मुकेश चौधरीको धनुषाका केही नेताहरुसँग पनि संलग्नता रहेको र ती नेताहरुले पटक–पटक संरक्षण गर्दै आएको विभिन्न सञ्चारमाध्यम हरुमा खबरहरु आएका छन् । मुकेशको पक्राउपछि धनुषाको राजनीतिमा भुईचालो ल्याउने चर्चाहरु शरु हुन थालेको छ ।

सुरक्षा श्रोतका अनुसार एक दुई दिन भित्रै मुकेशलाई नेपाल प्रहरीले काठमाणडौमा सार्वजनिक गरिने छ ।

news and entertainment