सेनाले युवती संग उठबसको क्रममा हतियार गायब

२४ फागुन, कञ्चनपुर ।
नेपाली सेनाको गरुड दल गुल्म, कञ्चनपुर माझगाउँ अन्तर्गत आरक्ष क्षेत्र रेखदेखको लागी बगौला पोष्टमा खटि आएका सेनाका जवानले विख्यात हतियार ब्यानेट (संगीन) गायब बनाएका छन् । महत्वपूर्ण हतियार हराएपछि सेनाभित्र हल्लीखल्ली मच्चिएको छ ।

नेपाली सेनाको गरुड दल गुल्मका क्याप्टेन सज्जन थापाले गस्ती गएको बेला ब्यानेट हराएको टपनेपालन्युजलाई बताए । गुल्मका एक सैनिक अधिकारीले नाम नबताउनेगरि सेनाका जवानहरु रात्रीको समयमा हतियार सहित दोधारामा युवती संग उठबसको क्रममा हतियार गायब भएको बताए ।

यस सम्बन्धमा नेपाल सेनाले थप कुरा खुलाउन भने चाहेन । नेपाली सेनाले उक्त बिशाख्त हतियार ब्यानेटको खोजी कार्य दोधारा क्षेत्रमा तिब्र पारेको छ ।

, ,

news and entertainment