भक्तपुर बस्ने प्रवीण प्रजापति (२३) द्वारा निमा (२१) परिवर्तित नामसँग भएको यौनसम्पर्कको भिडियो तथा सिडी बनाई सार्वजनिक । अभियुक्त प्रवीण प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका लागि उजुरी । पुर्पक्षका लागि थुनामा ।
- ललितपुर जिल्ला गोदामचौर गाविसको जंगलमा कृष्णचन्द्र श्रेष्ठ र ऋद्धिबहादुर महर्जनले एक युवतीलाई करणी गरी उक्त दृश्य खिचेर रामचन्द्र मगर र विनोद महर्जनको मोबाइलमा ब्लु टुथमार्फत पठाई सार्वजनिक गरे । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको माग ।
- करिब एक दर्जन नेपाली किशोर-किशोरीले खोलाकिनारमा प्रतिस्पर्धात्मक रूपमा टङकिस र स्तनमर्दन गरेको दृश्य खिचेर सार्वजनिक गरेका थिए, सम्भवतः सबैभन्दा धेरै हेरिएको उक्त भिडियोमा युवायुवतीका क्रियाकलाप अस्वाभाविक लाग्छन् । उक्त भिडियोमा किशोर मात्र होइन, किशोरीहरू पनि सहज रूपमा यौन क्रियाकलाप गरिरहेका देखिन्छन् ।
पहिलो पृष्ठमा उल्लेख गरिएका घटनाले नेपाली समाजमा अश्लील गतिविधिका घटनाको बढ्दो क्रमलाई संकेत गर्छ। पूर्व-मेचीदेखि पश्चिम महाकालीसम्म सबै क्षेत्रमा यस प्रकारका उजुरी बढ्दै गएको प्रहरी एवं सामाजिक संघसंस्थाहरूको प्रतिवेदनमा उल्लेख छ। त्यसो त अश्लील भिडियो बनाएकै आधारमा नेपाली सेलिब्रेटीहरू पनि चर्चाको शिखरमा रहेको विगत छ। आपसी सहमति वा जबर्जस्ती यौन क्रियाकलाप गर्ने क्रममा मात्र सिमित नभै त्यसको दृश्य छायांकन गरी त्यसबाट मनोरञ्जन लिने प्रवृत्ति विकास भएकाले त्यो सार्वजनिक भैदिँदा क्रियाकलापमा संलग्नहरू सार्वजनिक बेइज्जती एवं कानुनी कारबाहीको भागेदार बनेका हुन्।
विश्वमा यौनका आफ्नै विभिन्न किसिमका आयाम छन्। यौनलाई दर्शनका रूपमा विकास गरिनुले पनि यसको महत्त्व बुझ्न सकिन्छ। यद्यपि त्यही यौन विकसित एवं सभ्य मानवसभ्यताको खिल्ली उडाउने आधार पनि बनेको छ। यौन कुनै समुदाय, जात, भूगोल वा सम्प्रदायमा मात्र सीमित नभै सर्वव्यापी सत्य हो, तर यो विषयमा कोही सहज चर्चा गर्छन् भने कोही यसलाई प्राकृतिक र जैविक मान्दै गोप्य राख्छन्। यौनका भिन्न आयाम सार्वजनिक हुँदै जाँदा यौनका कुरालाई बर्जित गर्दै आएको पूर्वीय समाजले पनि अब यो विषयमा खुलेआम चर्चा गर्न थालिसकेको छ।
धर्मगुरुहरूका यौन क्रियाकलाप त भारतमा समाचार बनिरहेकै छन्। गाँस, बास र कपासझैं आधारभूत मानिएको यौनलाई भूमिगत राख्न चाहनेहरूका क्रियाकलाप उजागर हुँदै जानुले आगामी पुस्तासम्म आइपुग्दा हाम्रो समाजमा फरक यौनधारणा विकास हुने परिकल्पना गर्न सकिन्छ। यद्यपि नेपालमा राज्यले यो विषयलाई खुला गरिसकेको छैन। नेपालमा यौनव्यवसायलाई स्वतन्त्रता दिनुपर्छ कि पर्दैन भन्ने कुरामा लामो समयदेखि बहस चल्दै आए पनि प्रस्ट धारणा बन्न नसक्दा समाजका विभिन्न क्षेत्रमा यौन एवं सम्बन्धित अन्य विषयमा ढोंगी धारणा व्याप्त छ। आवरणमा यो विषयमा बोल्न नचाहनेहरू यही विषयमा कुण्ठित हुँदै भित्रभित्रै त्यही संसारमा हराउँछन्। अश्लील भिडियो बनाउने चाहनाको मनोवैज्ञानिक पक्ष पनि भएको मनोविज्ञहरू बताउँछन्। यौनका बारेमा अर्धसत्यमात्र बुझेकाहरूको हकमा त यौनमनोविज्ञानको भूत नै चढेको उनीहरूको भनाइ छ। सेक्स आफैंमा सत्य र स्वाभाविक क्रिया भए पनि यसमा अप्राकृतिक चाहना बढाउने विभिन्न पक्षले अश्लील भिडियो बनाउन उत्प्रेरित गर्ने उनीहरूले बताए।
गुगलको बेइमानी
यता गुगलको सर्च ट्रेन्डले देखाउँछ, विश्वभरमा यौनसँग सम्बन्धित सामग्री खोज्ने क्रममा नेपाल छैंटौं स्थानमा छ। सन् २००४ देखि अहिलेसम्ममा नेपाल छैंटौं स्थानमा देखिएको हो। गत वर्ष दसौं स्थानमा रहेको नेपाल यो वर्ष ४ खुडि्कलो नाघेर छैंटौं स्थानमा पुगेको छ। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ७२ प्रतिशत नेपालीले यौनसम्बन्धी सामग्री गुगलमा खोजी गर्ने गरेका थिए। गुगलको सर्च इन्जिनको ट्रेन्डले प्रस्ट रूपमा देखाइदिएको यो उदाङ्गो चित्रले हाम्रो कुण्ठित मनोभाव प्रस्ट हुन्छ। यौन व्यवसायलाई पर्यटनका रूपमा अँगालेको थाइल्यान्डमा पनि इन्टरनेट प्रयोगकर्तामाझ ९ प्रतिशतले मात्र यौनसम्बन्धी सामग्री खोजी गर्ने गरिएको गुगलले देखाउँछ। नेपालीहरूको हकमा नेपाली सेक्स, फ्री सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगलले जानकारी दिएको छ।
जबर्जस्ति करणी गरि भिडियो र सिडी बनाएर बेच्ने पक्राउ
news and entertainment