युट्युबमा भाइरल बन्दै छ मोटी महिलाको डान्स भिडियो

(एजेन्सी) अमेरिकाको उत्तरी क्यारोलाइनाकी यी महिला पछिल्लो केही महिना यु ट्युवमा सनसनी बनेकी छिन् । यी प्लस साइज महिलाको डान्स भिडियो यतिबेला युट्युवमा भाइरल भएको छ । भिडियोमा देखिएकी महिला हुन् रेडियो प्रोड्युसर विट्नी वे थोर ।

अहिले उनी मोटोपनसँग लडिरहेकी महिलाहरुका लागि प्रेरणाको स्रोत बनेकी छिन् । विट्नीले उक्त भिडियो मार्फत् साबित गरेकी छिन्, यदी केही गर्नु चाहनुहुन्छ भने त्यसलाई तपाईंको शरीरको आकारले कुनै पनि असर गर्दैन । मनमा इच्छा भयो भने त्यसलाई सजिलै पूरा गर्न सकिन्छ ।

भारी शरीर पनि आफ्नो मन मुताबिक लचकदार बन्न सक्छ । एक समय विट्नीको जीवनमा यस्तो समय पनि आएको जब उनको वजन २०० पाउण्ड (९० किलो सम्म बढेको थियो । अहिले लगातारको कोसिस पछि उनको वजन १३० पाउण्ड ( ५९ किलो) रहेको छ ।

, , ,

news and entertainment