पोर्नको दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सनी लियोनलाई अहिले पनि पोर्नसँग जोडेर टिप्पणी गर्ने गरिन्छ । तर, त्यस्तो कुराले आफूलाई निकै दु:ख लाग्ने गरेको उनले बताएकी छिन् ।
उनी भन्छिन्, ‘यस्ता टिप्पणीले मन दुखाउँछ । म पनि त मानिस हुँ । मेरो पनि त मन छ ।’
उनको असन्तुष्टि आफ्नो अभिनयको भन्दा पोर्न पृष्ठभूमिकाबारे भएको चर्चाबारे हो । उनी भन्छिन्, ‘जो–कोहीको पनि आफ्नो अनुभव र कुनै पनि कुरालाई ग्रहण गर्ने क्षमता हुन्छ । त्यस्तै, कुनै कुरालाई हेर्ने दृष्टिकोण पनि अलग हुन्छ । म यसलाई बदल्न सक्दिनँ । तर, म आफ्नो पुरानो पेसाप्रति लज्जाबोध भने गर्दिनँ ।’
उनले भनिन्, ‘कतिपय मानिस यस्ता होलान्, जसले मलाई मन पराउँदैनन् । तर, धेरै मानिस छन्, जसले मलाई मन पराउँछन् । प्रेम र समर्थन गर्छन् ।’ उनी अमेरिकामा रहने सन्नी र अहिले भारतमा बस्ने सन्नी फरक भइसकेको बताउँछिन् । उनले रागिनी–२ को प्रचारका क्रममा हिन्दी बोलिरहेकी छिन् । भन्छिन्, ‘मैले हिन्दी सिकिसकेँ ।’
उनले आफू महत्त्वाकांक्षी कलाकार भएकाले राम्रो अभिनेत्री बन्न जे पनि गर्न तयार छिन् । त्यसैले उनी बलिउडमा विविधतापूर्ण भूमिका खोजिरहेकी छिन् । जुन भूमिका अर्थपूर्ण होस् र उनलाई मूलधारमा ल्याओस् ।
मलाई दर्शकहरुले पोर्नसँग जोडेर टिप्पणी गर्दा सारै दु ;ख लाग्छ , सन्नी लियोन
news and entertainment