२३ वर्ष लागे अनमोल
नेपाली युवापुस्ता माझ लोकप्रिय नेपाली अभिनेता अनमोल केसी आज बुधबारबाट २३ वर्ष लागेका छन्।उनको पछिल्लो रिलिज 'ड्रिम्स'ले नेपाली बक्स अफिसमा सुपरहिट व्यापार गर्न सफल रह्यो।
सदाबहार अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता बम्जनका एक्ला छोरा हुन् अनमोल। अनमोललाई भूवन केसी 'साथी म तिम्रो' फिल्ममा पहिलो पल्ट केमियो भूमिका गराउँदै फिल्ममा आफ्नो प्रतिनिधिको रूपमा परिचय गराएका थिए।
अनमोलको फिल्म रिलिजको दिनमा नै नेपाली सिनेमाघरमा उनको फिल्म हेर्न आउने भिडले उनलाई नेपाली फिल्मका नयाँ मनी मेकिङ् स्टारका रूपमा स्थापित हुने बाटोमा रहेको देखाएको छ। उनलाई राजेश हमालजस्तै स्टारभ्यालु भएका नयाँ पुस्ताका अभिनेताका रूपमा चित्रण गरिन थालिएको छ।
फिल्ममा उनलाई हेर्नमात्रै आउने दर्शकहरुको संख्या नै अत्यन्त ठूलो छ। उनको चौथो फिल्म 'गाजलु' जेठ १० मा रिलिज हुने तयारीमा रहेको छ। अनमोल आफ्नो जन्मदिनको दिन 'ड्रिम्स'को प्रदर्शनका लागि कोरियातर्फ लागेका छन्।
सेतोपाटी