निगमको जहाज १६ दिनपछि उड्यो तर अवतरण हुन सकेन

११ चैत, काठमाडौ । आन्तरिक उडानमा जहाजबिहीन भएको नेपाल वायु सेवा निगमले आजबाट पुनः उडान सुरु गरेको छ ।
जहाजबिहीन भएको १६ दिनपछि निगमले आजबाट औपचारिक उडन सुरु गरेको हो ।

निगमले आज लुक्लाका लागि उडान तालिका तय गरेको भएपनि खराब मौसमका कारण जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ नै फर्केको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
nepal airlines
गत फागुन २६ गते खोटाङको लामीडाँडाका लागि उडेको निगमको जहाजको इन्जिनमा खराबी आएपछि उडान भरेको केही समयमा नै आकस्मिक अवतरण गरिएको थियो । निगमका प्रवक्ता शर्माले राससलाई दिनुभएको जानकारी अनुसार तारा एयरको जगेडा इन्जिन परिवर्तन गरी आज जहाज उडाइएको हो ।

आन्तरिक उडानमा जहाज नहुँदा निगमले ठूलो परिणाममा दैनिक घाटा व्योहोर्दै आएको छ । जहाजले बुधबारबाट भने नियमित उडान गर्ने जनाइएको छ ।

आगामी वैशाखमा चीनबाट थप दुईवटा जहाज आएपछि आन्तरिक उडानमा सहजता हुने निगमको विश्वास रहेको छ । रासस

,

news and entertainment