एक दिनमै एक हजार २१५ जनालाई डेङ्गु ज्वरोको प्रकोप देखा परेपछि



दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा शुक्रबार मात्र एक हजार २१५ जनामा डेङ्गु ज्वरोको प्रकोप देखापरेको छ । उक्त जानकारी स्थानीय स्वास्थ्य अधिकारीहरले शनिबार दिएका छन् ।

 यद्यपी गुआङ्गडोङ्गमा यस डेङ्गु रोग प्रभावित व्यक्ति १८ हजार ८६६ जना रहेका र ती मध्ये चारको मृत्युभइसकेको छ ।

सो प्रकोपबाट मृत्यु हुनेहरुमा तीन जना प्रान्तीय राजधानी गुआङ्गजोउ र एक छिमेकी सहर फोसानको रहेको प्रान्तीय स्वास्थ्य विभागबाट प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

गुआङगजोउमा यस रोगबाट १५ हजार ९१२, फोसानमा एक हजार ८०३, र सेनजेन सहरमा ७६ जनामा यो रोग देखा परेको जनाइएको छ । रासस

,

news and entertainment