पाकिस्तानी अभिनेत्री सना खानको मृत्यु
२५ फागुन,काठमाडौं । पाकिस्तानी अभिनेत्री सना खानको एक सडक दुर्घटनमा मृत्यु भएको छ।
हैदराबाद भन्दा ३० किलोमिटर पर भएको दुर्घटनामा उनको ज्यान गएको हो।
पाकिस्तानी मिडियाले जनाए अनुसार साना र उनका श्रीमान बाबर खान शुक्रबार कारमा कराँचीबाट हैदराबाद आउँदै थिए। बाबरले चलाएको कार नियन्त्रण बाहिर गएपछि पल्टिएको थियो। दुर्घटनामा दुबै गम्भिर घाइते भएका थिए।
दुबैलाई घाइते अवस्थामा लियाकत युनिभर्सिटी हस्पिटल पुर्याइएको थियो । सना खानको उपचार शुरु नहुँदै मृत्यु भएको थियो।
बाबर खानको अवस्था पनि नाजुक भएको बताएको छ।
बाबर खानको अवस्था पनि नाजुक भएको बताएको छ।
उनीहरुले अघिल्लो बर्ष(२०१३)मा मात्र विवाह गरेका थिए।
