डक्टरले पाठेघरमै कपठा छोडिदिएपछि
फागुन २५गुल्मी । गुल्मी जिल्ला अस्पताल तम्घासमा महिलाको शल्यक्रिया दर्गा पाठेघरमै कपडा छोडिएको भेटिएको छ ।
गत माघ २४ गते अस्पतालमा प्रसूति सेवा लिन आएकी अर्खले भागगाउँकी ३० वर्षीया राधा खत्रीको शल्यक्रियाको क्रममा पाठेघरमा रगत सोस्न राखिएको ल्यावप्याक पाठेघरभित्रै छोडिएको हो ।
शल्लयक्रिया पछि खत्रीको अवस्था असामान्य भएपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगेपछि सो रहस्य खुलेको हो ।
लम्बिनी मेडिकल कलेजमा भिडियो एक्सरे गरी हेर्दा खत्रीको पाठेघरमा कपडा रहेको भेटिएको हो । लुम्बिनी मेडिकल कलेजमा उपचारत खत्रीलाई शनिबार सघन कक्षबाट बाहिर निकालिएको छ ।

