टर्कीले खसाल्यो सिरियाली सैनिक जेट (तस्विर सहित)
१० चैत, एजेन्सी ।
टर्कीको सेनाले सिरियाली सैनिक जेट गोली हानेर खसालिदिएको छ ।
आफ्नो हवाइ क्षेत्र उल्ङ्घन गरेको भन्दै टर्कीले सैनिक जेट खसालेको हो ।
टर्कीका प्रधानमन्त्री रिसेप तायप एर्दोआनले सिरियाले सीमा उल्ङ्घनको प्रयास गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।
कुनै बेलाका निक्कै नजिकका सहयोगी छिमकी राष्ट्रहरु टर्की र सिरियाबीच ८०० किलोमिटर साझा सीमा क्षेत्र छ ।
सिरियामा गृहयुद्ध शुरुभएपछि टर्की र सिरियाबीच तिक्तता शुरु भएको थियो ।
सिरियाले टर्कीले सिरियाली विद्रोहीहरुलाई सघाइरहेको आरोप समेत लगाउँदै आएको छ ।
