दिदीको दुःख देखेर बहिनीले भिनाजुको गर्भ बोकिन
गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो ।
‘एलीले मलाई अंगालो हालिन् र सहजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन् । चिकित्सकीय पद्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली गर्भवती भएकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् ।
एलीले भन्छिन-क्यान्सरविरुद्ध लड्दै गरेको दिदीलाई देख्दा निकै गाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै निराश हुनु भो । त्यसैले उनका लागि बच्चा जन्माइदिनु मेरो लागि सहज निर्णय थियो