हजार वर्षको मुर्तिभित्र भिक्षु तपस्या गर्दै!!

विश्वास गर्न गाह्रो छ तर यो साँचो कुरा हो!!

हजार वर्ष जति पुरानो मुर्तिलाई सिटि-स्क्यान गरेर हेर्दा त्यसभित्र तपस्वी भिक्षुको कङ्काल प्रकट भएको छ।

यो मुर्ति हेर्दा साधारण जस्तै देखिन्छ तर यो साधारण भने पक्कै छैन। 'इण्डियाना जोन्स' को जस्तो देखिने यो मुर्तिलाई सिटि-स्क्यान गरेर हेर्दा त्यसभित्र एक भिक्षुको कङ्काल फेला पारेको छ।



नेदरल्याण्ड्सको ड्रेन्ट्स सङ्ग्रहालयको अनुसन्धानकर्ताहरूले गत वर्ष नै यो कङ्कालको बारेमा थाहा पाएका थिए तर अहिलेको सिटि-स्क्यान र इण्डिस्कोपीको नतिजाले सबै चकित भएका छन्। त्यस भिक्षुको भित्री अङ्गहरू हटाएर त्यसको ठाउँमा चिनियाँ अक्षरले भरिएको कागजको पोका राखिएको सिटि-स्क्यानको नतिजाले बताएको थियो।

उक्त भिक्षु 'चिनिया ध्यान केन्द्र'को गुरु 'लिउक्वान' हो भन्ने आशङ्का गरिएको छ र भिक्षुहरू भन्छन्, "यसरी मुर्तिमा भेटिएका भिक्षुहरू मृत अवस्थामा हुँदैनन् तर उनीहरू ध्यान अथवा तपस्या गरेर बसेका हुन्छन्।"

यस कङ्कालयुक्त मुर्तिलाई यहि मे, २०१५ मा 'हङ्गेरियन प्राकृतिक तथा ऐतिहासिक सङ्ग्रहालय'मा प्रदशन गरिने भएको छ।

के होला त यो भिक्षुको रहस्य? के यो पनि हलिउड चलचित्रमा जस्तै पुराना युगका मानिसहरूले खजानाको ठेगाना लुकाएको जस्तै अवस्था हो त? के साँच्चै नै यो भिक्षु तपस्या गरेरै बसेको हो त? प्रश्नहरू धेरै छन्, तपाईँहरूको मनमा, हाम्रो मनमा अनि अनुसन्धानकर्ताहरूको मनमा! उचित उत्तर भने अझसम्म खुल्न सकेको छैन।

news and entertainment