फागुन २७
काठमाडौं । राजस्व कार्यालयको गाडी लिएर न्युरोडका व्यवसायीलाई ब्ल्याकमेलिङ गरेर पैसा असुल्न खोज्ने दुई कर्मचारीसहित तीनजना रंगेहात पक्राउ परेका छन् ।
आन्तरिक राजस्व विभागका नासु दयाराम महर्जन, भूमिसुधार तथा व्यवस्थापन विभागका चालक कुमार लामा र अर्का सर्वसाधारण खड्गबहादुर खत्री पक्राउ परेका हुन् ।
बा१झ ७७४१ नम्बरको गाडीमा गएका उनीहरुले नरदेवीस्थित एक व्यवसायीलाई भ्याट बिल नभएको भन्दै धम्क्याएका थिए । पछि पैसा बार्गेनिङ गर्न लागेपछि शंका लागी व्यवसायीले प्रहरीलाई बोलाएर उनीहरलाई पक्राउ गराएका हुन् ।
सरकारी नम्बर प्लेटको गाडीमा नै गएर उनीहरले त्यसरी ब्ल्याकमेलिङ गरेका थिए । उनीहरुमध्ये राजश्व विभागका नासु महर्जन र भूमिसुधार तथा व्यवस्थापन विभागका चालक लामाले एक पसलमा गएर कर नतिरेको भन्दै ब्ल्याकमेलिङ गरेका थिए । पछि व्यापारीहरुलाई शंका लागी परिचयपत्र मागेर फोटो खिच्न थालेपछि उनीहरु भाग्न खोजेका थिए ।
त्यही क्रममा महर्जन र लामा पक्राउ परेका हुन् । उनीहरुसँगै गएका तीनजना भागेकोमा खत्री बेलुका बानेश्वरबाट पक्राउ परेका छन् । अर दुईजना फरार छन्, उनीहरुको परिचय खुल्न बाँकी छ । सरकारी नम्बर प्लेटको गाडी पनि नियन्त्रणमा लिई तीनैजनालाई महानगरीय प्रहरी वृत्त जनसेवाले थुनामा राखेको छ ।
पक्राउ परेका महर्जन आन्तरिक राजस्व विभागका टाइपिस्ट हुन् भने लामा भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशकका चालक हुन् । न्युरोडका व्यवसायीलाई ब्ल्याकमेलिङ गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले बताए ।
एसएसपी खरेलले सरकारी कर्मचारी पनि छाडेनन्
news and entertainment
