अमेरिकी कमिक्स हिरोइन बिदा मनाउन नेपाल
चर्चित अमेरिकी कसप्ले स्टार जेसिका निग्री बिदा मनाउन शनिबार साँझ सपरिवार काठमाडौं आइपुगेकी छन् ।
२४ वर्षे ब्यवसायिक मोडलसमेत रहेकी उनी थुप्रै भिडियो गेम तथा ललिपप चेन्सा र ब्ल्याक फ्ल्यागजस्ता कमिक सिरिजकी अफिसियल स्पोकमोडल समेत हुन् ।
काठमाडौं आइसकेपछि उनले फोटो साझेदारी संजाल इन्स्ट्राग्रामबाट फोटो सेयर गरेकी छन् । निग्री परिवारले नेपाल बसाईमा सगरमाथा आधार क्षेत्रको घुमघाम गर्ने बुझिएको छ । उनले यसअघि नै नेपालका २० फोटो इन्स्ट्राग्राममा सेयर गरिसकेकी छन् ।
उनलाई फेसबुकमा फलो गर्नेको संख्या १.९ मिलियन र इन्स्ट्राग्राममा पछ्याउनेको संख्या ३ लाख ८९ हजार छ ।
