रेखा थापाले दिइन् श्याम भट्टराईलाई खुल्ला चुनौती

केही दिन यता चलेको नायीका रेखा थापा र निर्देशक श्याम भट्टराईको विवाद चर्कदै गएको छ। यसअघि निर्देशक भट्टराईले गरेको बयानबाजीको नायीका थापाले कडा प्रतिकार गरेकी छिन्।

सामजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै नायीका थापाले निर्देशक भट्टराईमाथि एउटा स्पोट बोय को जति को पनि स्तर नभएको टिप्पणी गरेकी छिन्। उनले भनेकी छिन्, आज मलाई लाग्दै छ तपाई लाई यो फिल्म को निर्देशन गर्न बाट मैले हटाएर बहुत ठुलो काम गरेछु ।'

छाती मा हात राखेर, भगवान लाई सम्झेर बोल्न भन्दै दिँदै रेखाले निर्देशक भट्टराईलाई हिम्मत छ भने अब १० दिन प्रेस कन्फ्रेन्स र फेस टू फेस गर्न चेतावनी दिएकी छिन्।
rekha thapa directing
बन्दै गरेको चलचित्र 'हिम्मतवाली'बाट रेखा थापाले निर्देशक श्याम भट्टराईलाई हटाएपछी नायीका थापा र निर्देशक थापाबीच विवाद बढ्दै गएको हो। पहिले निर्देशक श्याम भट्टराईले यो कुरालाई मिडियामा ल्याएका थिए।


श्याम भट्टराई लाई खुल्ला चुनौती भन्दै रेखाले थापाले सार्वजनिक गरेको विज्ञप्ती यसप्रकार छ।
श्याम भट्टराई दाइ लाइ एउटा कुशल सिनेमा निर्देशक सोचेर मेरो नया बन्दै गरेको सिनेमा हिम्मतवाली को धेरै ठुलो जिम्मेबारी सुम्पेको थिए , तर आज भोलि पत्र पत्रिका मा आएको दाइ को एक तर्फी समाचार ले मेरो ध्यान आकर्णन भएको छ र आज मलाई लाग्दै छ तपाई लाई यो फिल्म को निर्देशन गर्न बाट मैले हटाएर बहुत ठुलो काम गरेछु किन कि तपाई को प्रेस बक्तब्य र तपाई को बेहोरा हेर्दा त तपाई एउटा स्पोट बोय को जति को पनि इस्तर रहेनछ, कसरि सहायक हरु को भर मा फिल्म सक्नु हुन्थ्यो दाई ?
तपाई लाइ मैले किन हटाए छाती मा हात राखेर, भगवान लाई सम्झेर बोल्नुस, तपाई को पेशा लाइ जोगाई दिन मैले बिमारी हुनु भयो भनेर बोलेको थिए तर एस्लाई तपाई ले मेरो कमजोरी को रुप मा लिएर उल्टै मेरो बदनाम गराउने प्रयास मात्र होइन हुने नहुने कुरा गर्न थाल्नु भयो । मलाई राम्रो संग थाहा छ तपाई अहिले हतास र बिचलित अवस्था बाट गुज्री रहनु भएको छ र तपाई आफनु कमजोरी दुनिया बाट लुकाउन खोज्दै हुनु हुन्छ ।
हो, यो दिन तपाई बाट एक दिन आउछ भन्ने मलाई राम्रो संग थाहा थियो, र मैले तपाई को शुटिंङ् स्पोट मा काम को video खिचेर राखेको छु तपाई कता हराउनु भएको थियो , के गर्दै हुनु हुन्थो दिउसॊ भरि र रात को २ बजे सम्म । video शुटिंग सकिना साथ youtube मा uplode गर्ने नै छु / अहिले म आफनो काम मा ब्यस्त छु त्यसैले मौन छु, समय छैन सानो तिनो कुरा मा अल्झेर बस्ने । तपाई लाई यो रेखा थापा को आज को दिन मा खुल्ला चुनौती छ , तपाई को हिम्मत छ भने अब १० दिन मा म काठमान्डू आउदा प्रेस कन्फ्रेन्स गर्नुस फेस टू फेस मेरो यो unit को अगाडी ??
के कुरा मा मैले तपाई लाई shooting चलि रहेको अवस्था मा रोकेर निकालेको मेरो unit ले प्रेस को अगाडी बोल्ने छन् / निर्देशक दाजु , Cameramen ,Artist र लोकल public ले पनि तपाई को निर्देशन देखेर लाज ले नै हैरान भएका थिय ! को निर्देशक को सहायक र को कलाकार त्यहा छुत्ताऊन गारो परेको थियो त्यो तपाई लाइ राम्रो संग थाहा छ । राम्रो Cameramen अनि सहायक निर्देशक को भर मा म कुसल निर्देशक हो भनेर गफ नदिनुस्, आफनो छयमता अभिबिद्रि गर्न लागनुहोला तेस्ले गर्दा भोलि को दिन मा कुनै काम पाई हाल्नु भयो भने पनि, यो अबस्ता झैँ बीच काम बाट रुदै बाटो खर्च पनि ऋण गरेर माग्दै र बाटो मा लाज पचौदै हिड्नु नपरोस । यो एउटा बहिनि को सुझाब हो । अब प्राबिधिक हरु ले खान पाएन, पानि पाएन र अरु अरु कुरा को सुबिधा भएन भनेर तपाई ले भनेको सुन्दा मेरा प्राबिधिक साथि हरु दङ्ग छन् र तपाई को हैसियत बुझेर दिउस भरि तपाई लाइ हाश्य पात्र बनाउदै समय कटाउदै छन् र चाडै तपाई कुन इस्तर को निर्देशक हो र किन मैले लात हानेर निकालेको भन्ने कुरा प्राबिधिक साथि हरु को संयुक्त प्रेस बक्तब्य्वे दुनियाँ लाई बुझाउने नै छ / आज समय अभाब ले तपाई को पुरुसार्थ को बाकी कुरा लेख्न सकिन अरु दिन लख्ने नै छु । धन्यबाद श्याम दाई , अनि अन्त मा तपाई को दिमाखी सन्तुलन बिग्रिएको छैन भने याद गर्नुस तपाई लाइ मैले shooting सुरु भएको ३ दिन मा नै निकालेको हो र २ दिन बशन्त श्रेष्ठ सर को गीत मा नै समय गएको थियो र अब भन्नुस तपाई ले मेरो फिल्म को कति काम सक्नु भयो रे ?? तपाई ले गरेको १ दिन को काम पनि रि सूट गर्देछु ।

,

news and entertainment