भाउजूको हत्या गर्ने देवर पक्राउ
१८ फागुन, भक्तपुर । सिरुटार गाविस–२ स्थित गाविस भवन नजिकै शनिबार साँझ भाउजूलाई कुटपिट गरी छुरा प्रहार गरी हत्या गरेको आरोपमा देवरलाई प्रहरीले पक्राउ गरेको छ ।
राजु भनिने तुइन कायस्थ शनिबार साँझ जेठी भाउजू सुनकेशरीलाई आफ्नै कोठामा लगेर कुटपिटपछि छुरा प्रहार गरी फरार भएका थिए । प्रहरीले राजुलाई घर नजिकबाट गए राति नै पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।
पानी लिन गएकी श्रीमती नआएपछि माथिल्लो तलामा रहेका सुनकेशरीका लोग्ने रामकृष्ण कायस्थ तल आएपछि मात्र घट्नाबारे थाहा पाएर उपचारका लागि गठ्ठाघर स्थित नागरिक अस्पताल लगेकोमा अस्पताल मै सुनकेशरीको मृत्यु भएको थियो ।