जापानी वैज्ञानिकले बनाए कान कम्प्युटर

जापानी वैज्ञानिकहरुले कानमा लगाउन मिल्ने अत्यन्त सानो आकारको कम्युटरको निर्माण गरेको छ। यो कम्युटरलाई आखा झिम्क्याएर र जिब्रो पड्काएर चलाउन मिल्छ।
१७ ग्राम तौल भएको कम्युटरमा ब्लुटुथ, जिपिएस, कम्पास, गाइरो सेन्सर, बेट्री, ब्यारोमिटर, स्पिकर र माइक्रोफोनको समावेश छन् ।ear computer
ear computer
मानव शरिरमा लगाउन सकिने कम्प्युटरलाई प्रविधीमा आऊँदो पुस्ताका रुपमा लिइएको समयमा यसलाई महत्वपुर्ण उपलब्धीका रुपमा हेरिएको छ। यसअघि गुगले पनि गुगल ग्लासबाट यसको शुरुवात गरिसकेको छ।

जापानी वैज्ञानिकले हाल परिक्षण गरिहरेको सानो कम्प्युटरमा माइक्रोचिप र डाटा स्टोरेज छ जसले सफ्टवेयर लोड गर्ने हिरोशिमा सिटी युनिभर्सिटीका इन्जिनियर काजुहिरो तानिगुचीले बताए।
यसको डिजाइन परम्परागत इकेबानामा आधारित छ।ear computer

मानिसले हरुले कानमा लगाउने गहनाझै यसलाई पनि लगाउन सकुन भनेर यस्तो डिजाइन गरिएको तानिगुचीले बताए। यसमा रहेको इन्फ्रारेड सेन्सरले कान, आँखा र मुखमा ससाना चाललाई समेत थाहा पाउँछ।
यो कम्ट्युरमा सन २०१५ को क्रिसमस सम्ममा बजारमा आउने अनुमाछ गरिएको छ।

,

news and entertainment