मलायामा सुतेको सुत्यै वित्नेहरू, करिब अढाइ हजार नेपालीले ज्यान गुमाए
१२ चैत, क्वालालाम्पुर, मलेसिया । साथीभाइसँग गफिदै सुतेका लोकप्रसाद राई बुधबार बिहान हातले मोबाइल फेमन समातेकै अबस्थामा अबस्थामा मृत भेटिए
। स्थानीय अस्पतालले पोस्र्टमार्टम प्रतिवेदनमा हृदयघातले मृत्यु भएको उल्लेख ग¥यो ।
झापा तोपगाछीका ३५ वर्षीय उनी यसरी निन्द्रामै मृत्युवरण गर्ने एक्ला नेपाली कामदार होइनन् । राति सुत्दासम्म हाँसीखुसी देखिए । पनि बिहान संसार नदेख्नेहरू सातामा तीन जनासम्म पुग्छन् । यो दक्षिणीपुर्व मुलुकमा करिब ७ लाख नेपाली श्रमिक छन् । पछिल्लो एक दशकमा करिब अढाइ हजार नेपालीले ज्यान गुमाइसकेका छन् ।
“राइजी जस्तै सुतेको सुत्यै हुने घटना बरोबर भइरहन्छन्,” टेक बहादुर राना भन्छन्, हामिलाई लास पठाउन नै डेढ लाख रुपैयाँको जोहो गर्नुपर्छ ।”
“यो अश्वभाविक मुत्यु हो, केही यस्तै प्रकृतिको कारण हृदयघात हुन सक्छ । तर सबैमा यो कारण भने हुन्न,” स्थानीय अस्पतालमा डाक्टर रहेका भारतीय मुलका एक मलेसियालीले भने, “तपाईको सरकारले यस्ता मृत्युहरूको कारण पहिल्याउन हाम्रो सरकारसँग अनुरोध गर्नुपर्छ ।”
उनी “सडन अन एक्सपेक्टेड डेथ सिन्ड्रोम” (एक्कासी अप्रत्यासीत मृत्युको लक्षण) धेरैजसो कामदारका देखिने, त्यसमा बढी नेपाली पर्नुको कारणमाथि चिकित्सकीय खोजी आबस्यक रहेको बताउँछन् । आजको कान्तिपुरमा समाचार छ ।
विश्वव्यापी खासगरी शिशुहरूको मात्रै यस्तो मृत्यु हुने गरेको पाइन्छ । क्वालालाम्पुरमा ८० जनासम्म कामदार एउटै कोठामा न हावा आउजाउ हुन्छ न एयरकन्डीसनकै व्यवस्था । त्यसमाथि तिब्र गर्मी । अझ चोर आउने समस्याले जति गुम्से पनि ढोका खोल्न मन नलाग्ने नेपाली व्यवसायी सुन्दर आलेको अनुभव छ ।
