निर्देशक बन्ने अन्तिम तयारीमा हमाल, प्रविधीको बारेमा ज्ञान लिदै

rajesh-hamal
चलचित्र क्षेत्रमा लागेको करिब साढे २ दशक भैसक्यो, नायक राजेश हमालको । नाम र दाम दुबै कमाएका हमालले सिनेमा मात्र खेल्ने काम गरे । सिनेमा खेल्ने समय भन्दा बाहेक उनी एक्लै बिताउन रुचाउछन् । पछिल्ला केही बर्षमा त उनी प्रेमिका मधु भट्टराइको प्रेममा नै मस्त छन् ।
उनै नायक हमालले सिनेमा निर्देशन गर्ने चर्चा पनि सेलाइसकेको छ । हमालले बिहे र सिनेमा निर्देशन कहिले गर्छन् भन्ने कुरा सधै चर्चामा रहेपनि, समय भने आएको छैन । फाल्गुणमा गर्ने भनिएको हमालको बिहे वैशाखसम्मलाई सरेको छ ।
उनै नायक हमाल अब निर्देशक बन्ने तयारीमा लागेको वुझिएको छ । स्त्रिmप्टको कामलाई हमालले अन्तिम अवस्थामा पुर्‍याएका छन् । तर बजार नवुझी उनी सिनेमा बनाइहाल्ने सोचमा छैनन् ।
यतिबेला उनी आफ्ना नजिकका निर्देशकहरुसँग क्यामेरा र सिनेमामा प्रयोग हुने प्रविधीको बारेमा जानकारी लिइरहेका छन् । यस्तै सिनेमा बजार र लगानी उठाउन गर्नु पर्ने विभिन्न उपायलाई पनि हमालले चाखपूर्ण रुपमा वुझिरहेका छन् ।
उनका लागि प्रविधी र बजार नै मुख्य चुनौती बनेको वुझिएको छ । यसैले पनि केही बर्ष देखि हमालले निर्देशन गर्ने भनिएको सिनेमाको काम अगाडि बढ्न सकेको छैन ।

,

news and entertainment