रमेश खरेलको अर्को ठुलो सफलता ३० करोडको चेक सहित अर्का डन पक्राउ

२४ फागुन, काठमाडौ । उच्च ब्याजदरमा ऋण लगानी गर्ने महेश सिंह पक्राउ परेका छन् । सातवटा हतियार र करिब ३० करोड रुपैयाँको चेकसहित सिंहलाई काठमाडौं प्रहरीले शुक्रबार पक्राउ गरेको हो । चितवनबाट काठमाडौं फर्कँदै गर्दा सिंह राजधानीको कलंकीबाट पक्राउ परेका हुन् । आफूले लगानी गरेको ऋण नतिरेको भन्दै प्रकाश बस्नेतलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सिंहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार अवैधानिक रूपमा उच्च ब्याजदरमा ऋण लगानी गर्ने सिंहविरुद्ध बस्नेतसहित विभिन्न व्यक्तिले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको हो । सिंहले विभिन्न व्यापारीलगायतलाई उच्च ब्याजदरमा ऋण लगानी गर्दै आएको र ब्याजसहित साँवा फिर्ता नगरेको भनेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै आएको स्रोतका भनाइ छ । सिंहलाई पक्राउ गरेपछि सातदोबाटोस्थित उनको घरमा प्रहरीले छापा मारेको छ ।

उनको घरबाट विभिन्न किसिमका सातवटा हतियार र ३० करोड रुपैयाँबराबरका विभिन्न चेक बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घरबाट म्याग्नम, एयर गन, टू–टू लगायतका बन्दुक बरामद भएको छ । सिंहको घरबाट विभिन्न किसिमका अत्याधुनिक सातवटा हतियार बरामद हुनुले उनको गतिविधि शंकास्पद रहेको प्रहरी स्रोत बताउँछ । हेटौँडा स्थायी घर भएका सिंह विवादास्पद व्यक्ति हुन् ।
 ramesh kharel

उनी लागुऔषधको कारोबार आरोपमा अमेरिकामा समेत जेल परेका व्यक्ति हुन् । यसअघि अमेरिकामा प्रोफेसर रहेका आफ्ना फुपाजुलाई समेत उनले लागूऔषध मुद्दामा फसाएका थिए । स्रोतका अनुसार सिंहविरुद्ध घरजग्गा व्यवसायमा संलग्न सुधीर बस्नेतलगायतले समेत उच्च ब्याजदरमा ऋण लगानी गरेर आफूहरूलाई अपहरणको धम्की दिएको उजुरी परेको छ । उनी चर्काे मूल्यमा पैसा लगानी गर्ने व्यक्तिका नाइकेका रूपमा विगत केही वर्षदेखि चिनिँदै आएका छन् भन्ने नयाँ पत्रिकामा खबर छ ।


पस्मिना व्यवसायी राजाराम बानियाँलाई पनि सिंहले उच्च ब्याजदरमा ऋण लगानी गरेको प्रहरी स्रोतको भनाइ छ । उनले गत वर्ष बानियाँलाई अपहरण गरी बन्धक बनाएर आफ्नो लगानी कम भए पनि उच्च ब्याजदरकै हिसाबमा जबर्जस्ती कागत गराएको स्रोतको भनाइ छ ।

सिंहविरुद्ध अवैध सम्पत्ति कमाएको प्रमाणहरूसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समते यसअघि उजुरी परिसकेको छ । तर, उनीविरुद्ध अनुसन्धान सुस्त भएको पीडितहरूको भनाइ छ । शुक्रबार सिंहलाई पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको र अपहरण गर्ने गरेको उजुरीसमेत आएको प्रहरीले जनाएको छ । दर्जनौँ व्यवयायीलाई चर्का ब्याजदरमा कर्जा प्रवाह गरी उनले धेरैको घरबार हडपिसकेको प्रहरीको भनाइ छ ।

स्रोतका अनुसार कर्जा लिने व्यक्तिको घरजग्गा आफ्नो नाममा बन्धक राखेर मात्र उनले चर्का ब्याजदरमा कर्जा लिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसरी प्रवाह गरेको कर्जा समयमा नदिए गुन्डागर्दीमा संलग्न व्यक्तिहरू परिचालन गरी उनले पैसा उठाउन गरेको काठमाडौं प्रहरीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सिंहले आफ्नो लगानीको पैसा नउठेको भन्दै विभिन्न व्यक्तिका नाममा ललितपुर जिल्ला अदालतमा पनि मुद्दा दायर गरेका छन् । तर, ती सबै उच्च ब्याजदरमा ऋण लगानी गरेका व्यक्ति भएको पीडितको उजुरीका आधारमा प्रहरीले जनाएको छ । प्रहरीले एकैजनाको घरबाट सातवटा विभिन्न किसिमका हतियार बरामद भएको र उच्च ब्याजदरमा ऋण लगानी गरी विभिन्न व्यक्तिलाई ठगी गरेको आधारमा उनीमाथि गम्भीर रूपमा अनुसन्धान थालेको छ ।
उनीमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी खरेलले बताएका छन् । अदालतबाट आइतबार म्याद थप गरी उनीमाथि थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

, ,

news and entertainment