निशा अधिकारी बंगाली फिल्ममा
नेपाली फिल्ममा सफलताको स्वाद चाख्न नपाएकी अभिनेत्री निशा अधिकारीले दुई बंगाली फिल्ममा खेल्ने भएकी छन् । फेसबुकमा स्टाटस लेख्दै निशाले भनेकी छन्, ‘गुड इभिनिङ काठमाडौं र अन्डर द सेम स्काइमा अभिनय गर्न लागेकी छु ।’
बन्न लागेका बंगाली फिल्मको विस्तृत विवरण खुलाएकी छैनन् । निर्देशन, लोकेसन र अन्य पक्षबारे पनि उनी मौन छिन् । ‘मोडिएको करियरप्रति म निकै उत्साहित छु, नेपाली फिल्म क्षेत्रका लागि यो कोसढुंगा सावित हुनसक्छ ।’ उनले लेखेकी छन् ।
अर्पण थापाले निर्देशन गरेको ग्याङस्टर सिनेमा मुखौटमा अभिनय गरेकी उनका दुई फिल्म मिसन पैसा रिलोडेड र भीमदत्त रिलिजको तयारीमा छन् । गत महिनामात्रै आइटम गर्ल अर्चना देलाला पनि बंगाली फिल्ममा अनुबन्धित भएकी थिइन् ।
