बलेले भने खरेलले सस्तो लोकप्रियताका लागि आफूलाई थुनेको,बले, दीपक तालु र चक्रेका भाइ छुटे

२० फागुन,काठमाडौं। व्यवसायीलाई ज्यान मार्ने धम्की दिँदै असुलीको आरोपमा पक्राउ परेका गुन्डागर्दीका नाइकेहरू सामान्य धरौटीमै छुट्न थालेका छन् । महाराजगन्ज क्षेत्रका व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोपमा पक्राउ परेका तेजेन्द्र गुरुङ सोमबार तीन हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

क्यासिनोमा धेरैको घरबारी खाएको आरोपमा एसएसपी रमेश खरेलले पक्राउ गरेका क्यासिनो किङका नामले चिनिने बलराम सापकोटा बले तथा चक्रेमिलन समूहका दीपक तालु पनि तीन हजार धरौटीमै सोमबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरूलाइर् तीन हजार धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं प्रहरी प्रमुख डिएसपी भीम ढकालले बताए । तीनैजनाविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको थियो । गुन्डागर्दीमा संलग्नहरूलाई कारबाही गर्न प्रहरीले गुन्डागर्दी ऐनको मस्यौदा बनाएर दुई वर्षअघि नै गृह मन्त्रालयमा पठाएको थियो । ऐन आउन नसक्दा गुन्डाहरू सजिलै छुट्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

Ramesh-Kharelएसएसपी खरेललाई कार्यालयमै भेट्न जाँदा बले थुनिएका थिए । उनले क्यासिनोमा धेरैलाई कंगाल बनाएकाले आफूले थुनेको एसएसपी खरेलले बताएका थिए । तर, काठमाडौं प्रहरीले उनीविरुद्ध त्यससम्बन्धी प्रमाण जुटाउन सकेन । बलेले भने खरेलले सस्तो लोकप्रियताका लागि आफूलाई थुनेको बताउँदै आएका छन् । खरेल काठमाडौं प्रमुख भएपछि गुन्डागर्दीको आरोपमा ५० भन्दा धेरैलाई पक्राउ गरी मुद्दा चलाइसकेका छन् ।

दीपक मनाङे, सुकबहादुर तामाङ बाघे, रमेश सुनुवार, पिंकीलगायत पक्राउ परेकाछन् । धमाधम गुन्डागर्दीमा संलग्नहरू पक्राउ परेपछि अन्य भने काठमाडौंबाट भागिसकेका छन् । खरेलले गुन्डागर्दी नियन्त्रण अभियान थालपेछि काठमाडामौंमा गुण्डागर्दी शुन्य प्राय भएको नयाँ पत्रिकालले लेखेको छ।

, ,

news and entertainment