रसिया र युक्रेन युद्ध नजिक,कस्को सेना कति बलियो ?

पुर्व राष्ट्रपति भिक्टर यानुकोभिच अपदस्थ भएपछि  रसियाका सेना युक्रेनको क्रिमियामा छन्।
हालसम्म दुइै देशका सेना संयमित भएर बसेका छन् तर जुनुसुकै बेला पनि युद्ध भड्किन सक्ने र त्यसलै विश्वयुद्धकै रुप लिने आशंकाहरु पनि व्याप्त छन्।
अमेरिका र अन्य युरोपली राष्ट्रहरुको तीब्र दबाबका बाबजुद यसपटल रसिया पछि हट्न संभावना देखिएको छैन्।

संयक्त राष्ट्रसंघका लागि युएनका राजदुत भिट्ली चुर्किनले रसियाको उदेश्य युक्रेनमा लोकतन्त्र कायम राख्नु, रसियनहरुलाई सुरक्षा दिनु र अतिवादीबाट युक्रेनलाई बचाउनु भएको प्रतिक्रिया दिएका छन।

उनले अपदस्त राष्ट्रपति यानुकोभिच युक्रेनको निर्वाचित नेता भएको र उनले नै रसियलाई सेना पठाउन आग्रह गरेको तर्क संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा गरे।

संयुक्त राष्ट्रसंघका लागि युक्रेनका राजदुतले अन्तराष्ट्रिय समुदायसंग सहयोग मागेका छन्। उनले १६ हजार रसियाका सैनिक क्रिमियामा आइपुगेको बताए।

अमेरिकी राजदुत समान्था पावरले रसियाले युक्रेनका बारेमा दिएको विवरण गलत भएको भन्दै युक्रेनमा सेना पठाउने रसियाको निर्णय घातक हुने चेतावनी दिएकी छिन्।

रसियाको सेना कुनै मानव अधिकारको मिसनमा छैनन, यो अन्तराष्ट्रिय कानुनको उल्लंघन हो, उनले भनिन्।

रसिया र युक्रेनको सैन्य क्षमता कति ?
यु्द्ध भईहालेमा कस्को पल्ला भारी होला भनेर संसार भर लेखाजोखा शुरु गरिएको छ। सतहमा हेर्दा भने युक्रेनले शक्तिशाली रसियन सेनासंग लड्न सक्ने अवस्था छैन्।
रसियासंग हाल ८ लाख ४५ हजार सक्रिय सेना छन् भने यक्रेनसंग १ लाख ३० हजार सेना रहेका छन्।
सन २०१२ मा रसियाको रक्षा बजेट ७८ बिलियन डलर थियो भने युक्रेनको १.६ बिलियन डलर ।
युक्रेनमा १६ देखी ४९ वर्षका महिला तथा पुरुषहरु १५.७ मिलियन छन् यही संख्या रसियामा ४५.६ मिलियन छन्, जो युद्ध लड्न सक्दछन्।

,

news and entertainment