बाबुराम भट्राईले नयाँ शक्तिको विषयमा ल्याएको बहसको छलफल हुने !
३ चैत,काठमाडौं। एकीकृत नेकपा माओवादीले संघियता नचाहनेहरुले स्थानिय निकायको निर्वाचनको हल्ला चलाएको आरोप लागाएको छ । मुलुकलाई संघियताबाट पछि धकेल्न कांग्रेस, एमाले लगायतका केही दलहरुले स्थानिय निकायको निर्वाचन अघि सारेको पनि माओवादीले निष्र्कष निकालेको छ ।
पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिको विरुद्ध मंगलवारको व्यवस्थापिका वैठकमा वैठकमा शशक्त आवाज उठाउँने निर्णप पनि माओवादीले गरेको छ ।
नेता डाक्टर बाबुराम भट्राईको निवास ललितपुरको सानेपामा बसेको एकीकृत नेकपा माओवादीको केन्द्रिय सचिवालयको बैठकले संघियताको मुद्धालाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
सवै पार्टीबीच सहमति नभए सम्म स्थानीय निकायको निर्वाचन हुन नसक्ने निष्कर्ष पनि माओवादीले निकालेको छ । वैठक पछि संचारकर्मीहरु सँगको कुराकानीमा पार्टी प्रवक्ता दिनानाथ शर्माले संघियताबाट मुलुकलाई पछि धकेल्न कांग्रेस, एमालेका केही नेताहरुले स्थानियको निकाय निर्वाचनको हौवा चलाएकाले यहि अवस्थामा स्थानीय निकायको निर्वाचन हुन नसक्ने निष्र्कष निकालेको वताए ।
स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सत्ता साझेदार दलले औपचारीक छलफल नगरेकाले व्यक्ति विशेषले के भन्छ भन्नेमा कुनै महत्व नराख्ने समेत उनले वताए ।
माओवादीले मंगलवारको व्यवास्थापिका वैठकमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध शशक्त आवाज उठाउँने निर्णय पनि गरेको छ । जनताको ढाढ सेक्ने गरी सरकारले मुल्यबृद्धिले सर्वसाधारण जनजिवन कष्टकर बनेको निष्कर्ष निकाल्दै माओवादीले मंगलवारको व्यवस्थापिका वैठकमा कुरा उठाउँने निर्णय गरेको हो ।
सचिवालय बैठकले निर्वाचनको धाँधली छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन लगाएतको मुद्धा सम्वोधन तत्काल गर्न पनि माग गरेको छ । नेता भट्राईले नयाँ शक्तिको विषयमा ल्याएको बहसको समेत वैठकमा छलफल भएको थियो । यस विषयमा थप वहस र छलफल गर्ने सहमति पनि वैठकमा भएको छ । यसैबीच स्वतन्त्रता र काम कार्वाहीमा एक रुपताको नीति अख्तियार गरि अघि बढ्ने सहमति पनि वैठकमा भएको छ ।
