करिव शत प्रतिशत क्रिमियाली जनता रुसमा गाभिने पक्षमा

युक्रेनको स्वाधिन क्षेत्र क्रमियाका करिव ९६ प्रतिशत जनता क्रिमियालाई रुसमा गाभ्नु पर्ने पक्षमा देखिएका छन् । आइतबार क्रिमियामा भएको जनमत संग्रहको ५० प्रतिशत मत गणनामा ९५ दशमलव ५ प्रतिशत क्रिमियालीहरुले युक्रेनबाट छुट्टिएर रुसमा गाभिनु पक्षमा देखिएका हुन् ।
Crimean to join Russia
क्रिमियाका नेताहरुले सोमबार रुसमा गाभिनका लागि निवेदन दिने बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि क्रिमियाका जनताको चाहानाको सम्मान गरिने बताएका छन् ।

युक्रेनको समर्थनमा रहेका क्रिमियालीहरुले मतदान बहिस्कार गरेका थिए ।
Crimean to join Russia 1
अमेरिका र युरोपेली संघले जनमत संग्रहलाई अबैधानिक भन्दै नतिजालाई मान्यता नदिने बताइसकेका छन् ।  
गत फेव्रुअरी महिनामा रुसी फौजले क्रिमियामा नियन्त्रण कायम गरेको   थियो ।
त्यसपछि रुस र पश्चिमा राष्ट्रहरुबीच तनाव रहँदै आएको छ ।
क्रमियाको जनमत संग्रहलाई अस्वीकार गर्न सबै देशलाई आग्रह गर्ने सम्बन्धी राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव रुसले विशेष अधिकार भिटो प्रयोग गरेर रोकेको थियो ।  

,

news and entertainment