चीनमा अस्पतालमा आगो लाग्दा ४ जनाको मृत्यु

चीनको हुबेइ प्रान्तमा एक अस्पतालमा आइतबार आगो लाग्दा ४ जनाको ज्यान गएको छ । जानकारीका अनुसार अस्पतालको भुइँतल्लामा स्थानीय समय अनुसार बिहानको ४:२० बजे तिर आगो आगो लग्न सुरु भएको थियो ।

हान्ग्साई सहरको सरकारले दिएको जानकारी अनुसार अस्पतालले २,००० इस्क्वाइर फिटको क्षेत्रफल ओगटेको छ । मृत्यु भएका मध्य एक बिमारीको आगो लागे पछि अस्पतालको माथिल्लो तल्लाबाट हाम फाल्दा मृत्यु भएको हो । त्यस्तै अर्को दुइ जना बिमारीको मृत्यु भने अर्को स्थानमा सारे पछि भएको हो । मृत्यु भएका यी बिमारीहरुको मृत्युको कारणको अनुसन्धान भने हुन बाकि रहेको बताइएको छ ।

बचाउ दलले यी तिन जना बाहेक अस्पतालमा अर्का एक मानिसको पनि सव फेला परेको थियो । तर भेटिएको यो सब पनि अस्पतालकै बिमारीको हो वा होइन भन्ने स्पस्ट नभएको बताएका छन् । साथै स्थानीय सरकारले आगो लाग्नु पछाडीको कारणको अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।

स्रोत : एजेन्सी

,

news and entertainment