हात भाँचिएको बिरामीको मृत्युपछि मनमोहन अस्पताल तनावग्रस्त
चिकीत्सकको लापारबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले झापाको एक सामुदायिक अस्पताल तनावग्रस्त बनाएका छन।
मृतकका आफन्तले अस्पताल घेरा हाली पुर्व पस्चिम राजमार्गको बिर्तामोड सडक खण्डमा टायरसमेत बालेर यातायात अवरुद्ध बनाएका हुन।
घरको आँगनमा लडेर हात भाँचिएका झापा डाँगीबारी ८ का खेम सुव्वाको बिर्तामोडको मनमोहन मेमोरीयल सामुदायिक अस्पतालमा उपचारका लागि ल्याईएको थियो।
फागुन ३० गते लडेका उनको त्यसैदिन सो अस्पतालले सफलतापूर्वक कुमको शल्यक्रिया गरेको अस्पताल संचालन समितिका सचिव रोमणीप्रसाद भट्टराईले बताए।
सल्यक्रिया भएको १४ घण्टा पछि सुव्वाको पेट फुल्ने र व्लडप्रेसर घट्ने क्रम नरोकीएकाले उनलाई भारतको सिलीगुडी रेफर गरीएको अस्पतालले जनाएको छ।
डा. खुमोद लिम्बुले सल्यक्रिया गरेका सुव्वाको कुमको नसा काटिएकाले उनको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन।
तर अस्पतालले भने नसा काटिएको भए बिरामीको तत्कालै मृत्यु हुन सक्ने बताएको छ।
डा लिम्बुले सेतोपाटीसँग कुरा गर्दे भने मृत्यु र सल्यक्रियाको कुनै सम्बन्ध छैन। सुब्बाको पेटमा भएको रोग प्रस्फोटन हुन बाँकी रहेकोले शरीर सिथील भएको बेलामा देखा पर्नु र व्लड प्रेसर एक्कासी घट्नु मृत्युको कारण हुन सक्न डा लिम्बुले अनुमान गरे।
उनले भने 'अस्पतालबाट कुनै गल्ती भएको छैन कानुनत गल्ती ठहरीए अस्पताल त्यसको सजाँय भोग्न तयार छ।' सिलीगुडिको नर्थ बंगाल अस्पतालमा आईसीयुमा उपचार भईरहेका सुव्वाको २ गते साँझ मृत्यु भएको हो।
स्थानीयले हात भाचिएर घाईते भएका सुव्वाको अस्पतालका चिकीत्सकले सल्यक्रिया गर्ने क्रममा नसा काटिएकोले मृत्यु भएको दाबी गरेका छन।
स्थानीय विराटपोखरकी गायत्रा शिवाकोटीले भनिन् 'शुक्रबारसम्म आधादिन स्कूल गएर बेलुका मनमोहनमा भर्ना भएका उनको भारतको सिलीगुढीमा आइतबार मृत्यु भएको हो।' सुव्वा बिराट प्रावीका शिक्षक हुन।
सिवाकोटीका अनुसार शुक्रबार बेलुका घरको आँगनमा लडेर भाँचिएको हातको शल्यक्रिया गर्दा नशा काटीएकोले सुब्बाको मृत्यु भएको हो। तर, अस्पताल प्रसासनले उक्त आरोप मिथ्या रहेको बताएको छ।
सुब्बाको मृत्यु भएको खवर आए लगतै आज सो अस्पतालमा आफन्त र स्थानीय बासीले घेरा हालेका थिए।
मृतकका आफन्तको घेराबन्दी र नारावाजीका कारण सो अस्पताल सोमबार दिनभर तनावग्रस्त बनेको थियो।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले घटनाको बिषयलाई लिएर अस्पताल प्रसासन र मृतकका आफन्त बिच बिवाद भएको बताए। उनले स्थानीयबासीले सडकमा अवरोध गरेका कारण जनजिवन असहज भएको बताए।
