"रमेश खरेललाइ बाटो खुल्ला "सर्वोच्चले खोल्दियो नेविसंघका नेताहरुलाई थुनामै राखेर अनुसन्धान गर्ने बाटो
२६ फागुन,काठमाडौं। सर्वोच्च अदालतले नेविसंघका पाँच नेतालाई थुनामै राखेर अनुसन्धार गर्न बाटो खोलिदएको छ। ती नेताहरु हतियारसहित पक्राउ परेका थिए।
हतियारसहित पक्राउ परेका शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति तथा नेविसंघका नेता शुभराम बस्नेत, संघका पूर्वसहामन्त्री शतीश शर्मा तथा कार्यकर्ताहरू जोन खड्का, राजेशविक्रम शाही र लीलाबहादुर खड्कालाई प्रहरीले थुनामा राखेको छ। तर उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै बलराम बस्नेतले गत २१ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिटलाई उपर फैसला गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आकर्षित नहुने ठहर गरेको छ ।
सर्वोच्चका न्यायाधीद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो। कानुन बमोजिम जिल्ला प्रशासन कार्यलयद्वारा म्याद थप भई अनुसन्धान भइरहेको अवस्थामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन आकर्षित नहुने निर्णय सर्वोच्चले गरेको ह।
रिट खारेज भएपछि प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाउन बाटो खुलेको छ।
प्रहरीले सीतापाइलाबाट हतियारसहित पक्राउ गरेका उनीहरुलाई प्रहरीले हतियारको इजाजत नवीकरण नभएको तथा रातिको समयमा समूहमा हतियार बोकेर हिँडेको विषयमा अनुसन्धान गरिरहेको छ।
नेविसंघका विद्यार्थीहरुले केही दिनदेखि आफ्ना नेता पक्राउको विरोध पर्दर्शन गरेका छन्। हिजो एक पत्रकार सम्मलेन गरेर नेविसंघा नेताहरुले काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई कारवाही गर्नुपर्ने माग राखेका थिए।

.jpg)