अमेरिकाको क्यालीफोर्नियामा ६.९ रेक्टर स्केलको भुकम्प
२६ फागुन,एजेन्सी। अमेरिकाको उत्तरी क्यालिफोर्निया तटमा ठुलो भकम्प गएको छ। युएस जिओग्राफिकल सर्व अनुसार ६.९ रेक्टर स्केलको भुकम्प गएको हो।
आइतबार राती स्थानिय समय अनुसार १० बजेर १८ मिनेटमा गएको भुकम्पको केन्द्र युरेका भन्दा ५० माइल पश्चिम रहेको थियो।
हाल सम्म मानविय क्षतिको खबर प्राप्त भएको छैन्। यसैगरि कुनै सुनामीको चेतावनी पनि दिइएको छैन्।
