कार दुर्घटनामा अभिनेत्री सनाको ज्यान गयो
पाकिस्तानी अभिनेत्री सना खानको कार दुर्घटनामा ज्यान गएको छ ।
शुक्रबार राती भएको दुर्घटनामा उनका पति बाबर खानको पनि निधन भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।
पाकिस्तानको कराँचीबाट हैदराबाद तर्फ जाँदै गरेकी सनाको कार हैदराबादबाट करिव ३० किलोमिटर टाढा रहेको लुनी कोटमा दुर्घटना भएको थियो । कार सनाले नै चलाइरहेकी थिइन् ।
उद्धारटोली पुग्दासम्म उनीहरु दुवै जनाको ज्यान गइसकेको थियो ।
सना र बाबर दुवैजना पाकिस्तानी टीभी सिरियलमा काम गर्दथे । गत बर्ष डिसेम्बरमा उनीहरुले बिहे गरेका थिए ।
