कहिले जन्मिए के हुन्छ ? भाग्यबारे ‘माया सभ्यता’ को भविष्यवाणी हेर्नुहोस्

एजेन्सी । केही समय पहिले लगातार चर्चाको विषय बनेको चर्चित माया सभ्यता आजपनि मानिसहरुको सोधको विषय बनेको छ । यो सभ्यतामा मानिसको जन्म तिथि र महिनाको आधारमा मानिसको व्यक्तिगत र उसको भविश्यको निर्धारण हुन्छ । तपाई यो थाहा पाएर आश्चर्यमा पर्नुहुन्छ कि माया सभ्यताका मानिसहरु ‘हब क्यालेण्डर’ को आधारमा भविश्य देख्दथे । यस्तै केही रोचक तथ्य माया सभ्यतामा रहेका छन् ।


१. हब क्यालेण्डरमा १८ महिना र हरेक २० दिनको एक महिना हुन्थ्यो । बचेको १९ औ महिनाको ५ दिनलाई ‘छुट्टीको दिन’ भनिन्थ्यो ।
२. माया सभ्यता अन्तर्गत १९ राशीको वर्णन गरिएको छ । यो राशी माया सभ्यताका मानिसको इष्ट देवतासँग सम्बन्धित छ ।
३. जुन मानिसको जन्म २ जनवरी देखि २१ जनवरीको बिचमा हुन्छ । त्यस मानिसलाई रातको सिपाही मानिन्थ्यो । यो सभ्यता अनुसार चेन राशीको निशान कालो तुफान चन्द्रमा र कालो आकाश हो ।

४.२१ जनवरी देखि १० फेब्रुअरीको बिचमा जन्मिएका व्यक्ति शान्तिप्रिय हुने, प्रेम भावनाबाट ओतप्रोत हुने उल्लेख छ ।
५. ११ फेब्रुअरी देखि २ मार्चसम्म जन्मिएका मानिसहरु स्वच्छ हावा र फुल जस्तै देखिने हुन्छन् । बिहानको समयमा यिनीहरुको लागि सबैभन्दा शक्तिशाली मानिन्छ । यस राशी हुनेहरु उज्यालोमा रहन बस्न चाहन्छन् । जसले गर्दा बुद्धि बढ्छ ।

६. जुन मानिसको जन्म ३ मार्चदेखि २२ मार्चसम्म जन्मिन्छन् ती मानिसहरु प्राकृतिक सन्तुलन बनाउनमा माहिर हुन्छन् । रुख, हरिण र लाल तुफानजस्तै रुपका हुन्छन् ।
७. यस्ता मानिसहरु रहस्यमयी हुन्छन्, जसको जन्म २३ मार्च देखि ११ अप्रिलको बिचमा हुन्छ । उनीहरु सधैं मानिसको वास्तविक कुराहरु लुकाएर राख्नमा विश्वास गर्छन् अर्थात हरेक कुरा सहजै अरुलाई भन्दैनन् ।
८.१२ अप्रिल देखि १ मेको बीचमा जन्मेका मानिसहरुको प्रतिक चिन्ह कुकुर हो । यसकारण यस राशीका मानिसहरु बढी वफादार हुन्छन् । यस्ता मानिसहरु आफ्नो वौद्धिक क्षमता विकासका लागि सूर्यको प्रकासमा बसेर ध्यान गर्न चाहन्छन् ।

९.२ मे देखि २१ मेको बिचमा जन्मिएकाम मानिसहरु सत्य उजागर गर्नका लागि माहिर हुन्छन् । यस्ता मानिसको प्रतिक उल्लु हो ।
१०. २२ मे देखि जून १० सम्म जन्मिएका मानिसहरु नेतृत्व गर्ने क्षमताका हुन्छन् । यस्ता मानिसको प्रतिक स्याल हुन्छ । यसले माया सभ्यताका मानिसहरु स्यालको नेतृत्वसँग जोडिएका छन् । यस्ता मानिसहरु आत्माविश्वासी हुन्छन् ।
चेन र साक राशी भएका मानिसहरु मिलनसार हुन्छन् । यी राशी भएका मानिसहरु बेलुकाको समयमा पढ्न रुचाउँछन् र यो उनीहरुका लागि फाइदाजनक पनि हुन्छ ।

,

news and entertainment