श्रीमतिलाई छोडपत्र माग्दा लिङ्ग चट

चैत ५,
 एजेन्सी । श्रीमतिलाई छोड्ने धम्की दिने चीनका जुओजी आङले आफ्नो लिङ गुमाउनु परेको समाचार चीनका अखवारहरुमा छापिएको छ। अर्कैसँग सल्किएकोले छोडपत्रको कुरा उठाएको भन्ने लागेपछि रिस थाम्न नसकि श्रीमतिले श्रीमान जुओजी आङको लिङ्ग छेदन गरेकी हुन् ।

चीनको पेइचिंग सहरमा बस्ने यो जोडिमा केही दिन देखि खटपड बढेको थियो। श्रीमानले पटक पटक छोडपत्रको कुरा गर्न थालेपछि ३० बर्षकी बाङ आङले आफ्नो श्रीमानलाई कोल्ड ड्रिंकमा निन्द्राका केहि चक्की घोलेर पियाइन्। जब श्रीमान गहरो निन्द्रामा परे तब बाङ आङले कैचीले उनको गुप्ताङ्ग काटेर टवाइलेटमा मिल्काइन्।

“आफू आझै नै बाङसँग प्रेम गर्छु । उनले मलाई १६ बर्षको उमेरमा दुई छोरा दिइन ।” घाइते जुओजी आङले बताए । गिरफ्तार पछि श्रीमतिले पुलिसलाई भनिन कि उनले अवैध संम्वन्धको आशङ्कामा यसो गरिन् । बाङ ले भनिन कि यदि हाम्रो बिछोड हुनेथियो भने केटा केटीहरुले सौतेनी आमा पाउथे, जुन सवै भन्दा खतरनाक हुनेथियो ।

केहि दिनमै बाङ जमानतमा छुटिन । सपरिवार सगै वस्न थाले । तीन महीनासम्म श्रीमान श्रीमतीमा राम्रो सम्बन्ध थियो, तर अहिले पुन संका गर्न थालेपछि सम्बन्धमा चिसो पस्न थालेको समाचारमा जनाइएको छ ।

,

news and entertainment