तीन छोरा-छोरीकी आमासंग अनैतिक सम्वन्ध राख्ने एमालेका अध्यक्ष पक्राउ !

 बागलुङ जिल्लाको दक्षिणमा रहेको छिस्ती गाविसको एमाले गाउँ कमिटीका अध्यक्ष एवं स्थानीय बिहानी युवाक्लबका अध्यक्ष भोजराज शर्मा स्थानीयbhoja raj एक विवाहिता महिलासंग अनैतिक संवन्ध रहेको सार्वजनिक भएपछी चर्चाको शिखरमा छन् ।
छिस्ती सामुदायिक विद्युतिकरण योजनाका अध्यक्ष समेत रहेका छिस्ती—१ फुर्केसल्लाका शर्माले छिमेकी पशुपति शर्माकी श्रीमती जुनादेवी पौडेलसँग लामो समयदेखि अनैतिक सम्बन्ध राखेर लाखौँ रकम हिनाबिना गरेको आरोपमा पीडितले उजुरी दिएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
आरोपित ४४ वर्षिय शर्मा र सोहि गाविसका पशुपती शर्मा (पौडेल) की वर्ष ३७ की श्रीमती जुनादेवी पौडेलवीच विगत १३ वर्षदेखी अनैतिक सम्वन्ध रही आएको रहस्य सार्वजनिक भएपछी हिँजो चैत ३ गते सोमवार प्रहरी समेतको उपस्थितिमा स्थानीय महिला लगायत विभिन्न समुदायका मानिसहरु भेला भएर जुनादेवीलाई भोजराजको घरमा हुली दिएका थिए । भोजराज र जुना दुवैले १३ वर्षदेखि आफुहरुवीच अवैध सम्बन्ध रहेको स्वीकार गरी सँगै जीवन बिताउने प्रतिवद्धता जनाएका थिए ।
श्रीमती जुनादेवीका पूर्वपति पशुपति शर्मा (पौडेल) बाट २ छोरा र १ छोरी छन् भने नवदुलाहा भोजराजका घरमा जेठी पत्नीबाट २ छोरी र १ छोरा छन् ।
जुनाका पूर्वपति पशुपति शर्मा (पौडेल) धेरै वर्ष देखीनै भारतमा रोजगारी गर्दै आएका छन भने उनको जुनादेवीबाट जन्मिएको जेठो २० वर्षको छोरा प्रकाश पनि वैदेशिक रोजगरीका लागि बाहिर गएका छन् । २ महिना पहिले मात्र भारतबाट घर फर्केका पशुपतिले पत्नीको चर्तिकला बारे जानकारी पाएका थिए । उनले र छोराले रोजगारी गरेर कमाई गरेको रकम जुनादेवीलाई पठाउने यता भोजराजले सो रकम खाईदिएको उजुरी पीडित पक्षले प्रहरी समक्ष दिएको छ ।

,

news and entertainment