सेक्सको पावर बढाउन महिलाका लागि पनि भियग्रा आयो
एजेन्सि – पुरुषका लागि मात्रै उपलब्ध रहदै आएको भिएग्रा अब महिलाका लागि पानि आउने भएको छ । यदि पुरुषका लागि यो उपलब्ध छ भने महिलाका लागि किन नहुने ? यो प्रश्न लाखौ“ महिलाले विभिन्न फोरममा सोध्ने गरेका छन् र अव उनीहरुका लागि एउटा खुसिको खवर आएको छ । हालै मात्र वैज्ञानिकहरुले महिलाको लागि पनि भिएग्राको निर्माण गरेका छन् । वैज्ञानिकहरुले झण्डै ४० प्रतिसतभन्दा बढी महिलाले आफ्नो यौन जिवनमा पुर्ण सन्तुष्ट लिन नसकेकाले उनिहरुका
लागि चरमयौन आनन्द प्रदान गर्न यो औषधिको उत्पादन गर्न लागेको बताएका छन् । महिलाको लागि चरमयौन आनन्द प्रदान गर्न र उनिहरुको यौन जिवनलाई सुखमय बनाउनका लागि मेडिकल जाइन्ट पिफ्जरले यो औषधिको विकासमा लागि रहेको छ । भर्खरै यस्को विकासहुदै गरेकाले अहिलेसम्म यस्को प्रयोग जनावरमा मात्र गरीएको पिफ्जरले जनाएको छ । ब्रिटिस अनुसन्धानकर्ताहरुले हालसालै यस्को अध्ययनमा मुसामा गरेका थिए । औषधिलाई मुसामा प्रयोग गरेर हेर्दा मुसाको यौन जिवनमा ठुलो परीवतर्न आएकोले यो महिलाका लागि प्रयोगमा ल्याउन सहिने अनुसन्धानमा संलग्न क्रिस वेम्यानले बताए । उनका अनुसार यो औषधिले माहिला यौन कार्यमा संलग्न हुदा उस्को दिमागमा यौनको तिव्र चाहना बढ्ने र शरीरिक तथा मनसिक रुपमा पनि बढी सक्रियाता बढाउने गर्दछ । औषधिले रगतको माध्यमवाट महिलामा यौनको चरमउत्कर्षमा पुराउन सहयोग गर्नेछ । औषधिलाई अहिलेनै बजारमा ल्याउन हतार गर्न नहुने भन्दै वेम्यान भन्छन ‘हामी अझ औषधिको अध्ययन तथा अनुसन्धान गरीरहेका छौ“ । औषधिको प्रयोगवाट हालसम्म कुनै पनि साइड इफेक्ट नपर्ने देखिएको छ । तर पनि सम्पर्ण अध्ययन भएपछि मात्र बजारमा ल्याइने छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >