विवाहमण्डपमा खुकुरी हानाहान मण्डपमै बेहुला घाइते

धरान , चैत्र ३ - सुनसरीको पाँचकन्या ३, पानबारीमा शुक्रबार राति विवाहमण्डपमा विवाद हुँदा बेहुलासहित चार जना घाइते भएका छन् । प्रहरीले विवादमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पाँचकन्यास्थित मारकेचौरीका सचिनदेव रायका छोराको विवाहमा युवाहरूबीच झगडा हुँदा खुकुरी प्रहारले बेहुला विकास रायसहित चार घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा वीरबहादुर भुजेल, राजकुमार विक र ज्ञानबहादुर न्यौपाने छन् । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर ल्याइएको छ ।

विवाहको भोज सकिन लाग्दा खुकुरी प्रहार गरेको घाइतेले बताए । घटनामा संलग्न जीवन गजमेर, किरण विक, सुनिल श्रेष्ठ, सुरेन मुदेन, मनु कटुवाल, आशिष कटवाल लगायतलाई पाँचकन्या अस्थायी प्रहरी चौकीले अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

, ,

news and entertainment