ताप्लेजुङमा सम्मान तथा विचार गोष्ठी संम्पन

इन्द्र ओली 
आज मिति २०७०÷११÷२५ गते जिल्ला ताप्लेजुङ्क आम्वेगुदिन गा.वि.स वाड न. ४ स्थित सम्मान तथा हिन्दु राष्ट्र जागरण अभियानको विचार गोष्ठी सम्पन्न भएको छ ।Photo
समाज सेवी श्री रामचन्द्र विष्टको सभापतित्व, राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका केन्द्रिय प्रचार विभाग प्रमुख ठूलीबाबा खड्काको प्रमुखआतिथ्यता एंव राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल शनिश्चरे उपशाखाको अध्यक्ष कलामाया खड्का, धार्मिक व्यक्तित्व बीर बहादुर भट्टराइको आतिथ्यता रह्यो । स्थानिय समाजसेवी धार्मिक व्यक्तित्व ९३ वर्षिय कुल बहादुर डाँगी , जगमाया डाँगीलाइ समेत सम्मान गरियो । स्थानिय विभिन्न संघ सस्था स्थानिय बुद्धी जिविहरुको उल्लेखनिय सहभागी रह्यो । कार्यक्रममा मन्तव्यका क्रममा सबै वक्तहरुले अब बन्ने संविधानमा वैदिक सनातन हिन्दु राष्ट्र नेपाललाइ निरन्तरता दिनु पर्नेमा जोड दिदै मुलुकी ऐन चौपायाँ महलमा गौवध गर्न नपाइने कानुन प्रस्ट हुदाँ हुदैँ गाई काट्न पाइनु पर्छ भनि संविधान सभामा कुरा उठेको तर संसद सरकार मुख दर्शक मात्र भएकोमा सरकारलाइ ध्यान आकर्षण समेत गराइन्छ भनि वक्तहरुले मन्तव्य राखेका कार्यक्रम पूर्ण कुमार डाँगीले सञ्चालन गर्नुभएको थियो ।

,

news and entertainment