एउटा बरिष्ट नेताजीको शंकाश्पद र दोधारे व्यवहारहरू

Deepak Manral
दिपक मनरल
नेपालको हाल सत्तामा रहेको एउटा ठुलो राजनीतिक दलको उनको आफ्नै दल भित्र कुनै एउटा बरिष्ट भनिने दर्जा पाएका नेता छन्. बिगत लामो समय देखि उनले बहुत दोधारे र शंकास्पद व्यवहारहरू देखाईरहेका छन भन्ने कुरा ति नेतालाई लामो समय देखि नजिकैबाट नियाली रहेको म जस्तै मानिसहरूलाई राम्ररी थाहा हुन सक्छ. ति नेता यस्ता छन् जसले एमाले भित्र बिगत झन्डै ३५ बर्ष देखि उनको पार्टी भित्र पहिलो र दोश्रो शक्तीशाली नेताको भूमीका खेल्दै आएका छन्. त्यस अबधीमा ति नेताजी करिब १५ बर्ष त ततकालिन अवस्थामा पार्टी भित्र सर्ब-शक्तीशाली महासचिब भएर काम गरेका छन् र उनको नेतृत्वमा एमाले पार्टी पतन हुन लागे पछी (खासगरी, पहिलो संबिधान-सभाकोलागि भएको निर्बाचनमा एमालेको घोर पराजय देखिए पछी) मात्र लाज र आत्मग्लानिले ग्रश्त भएर राजिनामा दिएका थिए. यी नेताजीले बिगत लामो समयावधीमा धेरै दोधारे र शंकास्पद व्यवहारहरू प्रदर्शन गर्दै आएका छन, जुन म छोटकरीमा उल्लेख गर्न चाहन्छु: 

१. यी बरिष्ट नेताजीले "स्व. मदन भण्डारी द्वारा प्रतिपादित जनताको बहुदलिय जनबाद (जबज) को निर्माण गर्नमा आफ्नो पनि महत्वपूर्ण योगदान रहेको छ" भनि प्रचार गर्दै आएपनि, उनको त्यो दाबि बास्तबमा झुटो रहेछ भन्ने कुरा हालै मैले एमालेको एकजना पुराना कार्यकर्ता हरि रोकाबाट थाहा पाएको छु. पाँचौं महाधिवेशनमा मदन भण्डारीले बहुदलीय जनवादको कार्यक्रम ल्याउँदा त्यसको सबैभन्दा बढी पक्ष लिने व्यक्ति थिए ओली । नेपालले पनि त्यही पक्ष लिए, तर अलि ढिलो गरी । 'ओलीले पहिले नै समर्थन गरेका थिए, तर माधव नेपालले चाहिँ चित्त नबुझे-नबुझे जस्तोगरी यसको समर्थन गरेका हुन्', एमालेको पाँचौं महाधिवेशनमा प्रतिनिधिसमेत रहेका विश्लेषक हरि रोकाले भने । यसरी यी बरिष्ट नेता कत्ती धेरै झुट बोल्दा रहेछन भन्ने तथ्य थाहा हुन्छ. 

२. यी बरिष्ट नेता माथी भनिएको जस्तै एकातर्फ आफु पनि जबजको निर्माणमा महत्वपूर्ण योगदानकर्ता हुनुको साथ्-साथै त्यसको प्रखर समर्थक रहिआएको भनि झुटा प्रचार गर्दै आएका छन्. यदी उनि साँच्चिकै त्यस्ता नेता थिए भने उनले आफु एमालेको महासचीब पदबाट राजिनामा दिंदा त्यसबेला कार्यबाहक महासचिब जबजका जन्मकाल देखि नै त्यसको प्रखर समर्थक र प्रमुख व्याख्याता रहेका के.पी. वलीलाई बनाउनुको सट्टा, जबजको घोर बिरोधी (जबजलाई "बोकाको टाउको भएको दछ्याप्रजापती जस्तो छ" भनी आलोचाना गर्ने) झलनाथ खनाल लाई कार्यबाहक महासचिब के कारणले हस्त्रान्तरण गरे? यो प्रश्नको उत्तर यी बरिष्ट नेताली अहिले सम्म दिन सकेका छैनन्. 

३. यी बरिष्ट नेताजी पहिलो संबिधान-सभाको निर्बाचन पछी "माओबादी" नेता छबिलाल दाहालको आश्वसन् र प्रश्ताबमा त्यसै बेलामा राष्ट्रपती हुन तयार रहेको मानिस हुन. तर, दाहालले ढोका दिएपछी रन्थनिएका थिए. अर्कोतर्फ, हालै आफु "सक्रिय राजनितीमा लाग्ने स्वभाव भएकोले र आफु राष्ट्रपती हुने योग्यतामा पुगी नसकेकोले त्यसको लागि तयार नभएको" भन्न थालेका छन्. त्यसभए, आजभन्दा ६ बर्ष अघी चाहिं तपाईंको कसरी योग्यता पुगेको थियो त नेताजी? 

४. यी बरिष्ट नेताजीले केहि दिन अघी सम्म "अब एमालेको नेतृत्व युबा नेताहरूका हातमा हस्त्रान्तरण गर्नु पर्छ, बुढाहरूलाई हैन" भन्दै थिए. तर अर्कोतर्फ, सबैलाई अचम्म पार्दै यी नेताले हालै एउटा पत्रिकालाई अन्तर्वार्ता दिंदै भनेका छ, "पार्टीलाई समाप्त हुन र पतन हुनबाट बचाउन मैले पार्टीको अध्यछ्यमा भिड्न नै पर्ने भएको छ" भन पुगेका छन. 

५. यी बरिष्ट नेताले, सुशील कोइरालाले बामदेव गौतमलाई उप-प्रधानमन्त्री र गृहमन्त्री नबनाउन्दा सम्म, एकातर्फ नव निर्बाचित प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापती सुशील कोइरालालाई आफैले फोन गरेर "तपाई स्वच्छ छविको मान्छे, एक हिसाबले सन्तनेता पनि, वामदेव जस्तो खराब छवि भएको पात्रलाई गृहमन्त्री बनाउनुभयो भने तपाईको इमेज कहाँ पुग्ला,’ वामदेव गृहमन्त्री बन्नु तपाईंको हितमा... त छँदै छैन, मेरो हितमा पनि छैन, यही वैशाखमा हाम्रो पार्टीको नवौं महाधिवेशन हुँदैछ, हामरो पक्षको गृहमन्त्री भएन भने अप्ठेरो पर्छ, तसर्थ वामदेवलाई होइन, अरूलाई नै गृहमन्त्री बनाउनुपर्ला।" भनेर आफ्नै पार्टी र आफ्नै नेता बिरुद्ध बोलेका थिए भने, अर्कोतर्फ, विभिन्न सार्बजनिक मंचहरूमा बोल्दा "हामीले सानातिना कुराहरूमा हानथाप गर्नु हुन्न. किनभने, मुख्य कुरा संबिधान निर्माण गर्नु हो" भन्दै थिए. 

"हामीले सानातिना कुराहरूमा हानथाप गर्नु हुन्न...... “ भन्ने मानिसले "…. वामदेव गृहमन्त्री बन्नु तपाईंको हितमा त छँदै छैन, मेरो हितमा पनि छैन, यही वैशाखमा हाम्रो पार्टीको नवौं महाधिवेशन हुँदैछ, हाम्रो पक्षको गृहमन्त्री भएन भने अप्ठेरो पर्छ, तसर्थ वामदेवलाई होइन, अरूलाई नै गृहमन्त्री बनाउनुपर्ला।" किन भनेका थिए त? 

६. एकातर्फ, यी बरिष्ट नेताजी आफुलाई भ्रष्टाचार नगर्ने र स्वच्छ छबि भएको नेता भनि प्रचार गराउंदै आएका छन्, तर अर्कोतर्फ, राजनीतक रुपमा र गुटगत रुपमा यी बरिष्ट नेताका नजिक रहेका पार्टीका नेताहरू नैतिक र आर्थिक भ्रष्टाचारहरूमा सबैले थाहा पाउनेगरी चुर्लुम्म डुब्दा पनि कारबाही गराउनुको सट्टामा आफुलाई सहयोग गर्ने भएकोले त्यस्ता नेताको बचावट गरेको उदाहरणहरू कैयौं छ. यस्ता उदाहरणहरू मध्ये यी नेतालाई समर्थ गर्ने सेती अन्चलका कुनै युबा नेताको अनैतिक र आर्थिक भ्रष्टाचारलाई लिन सकिञ्छ, जुन नेतालाई यी बरिष्ट नेताले ठुलो आशिर्बाद दिएका छन. 

७. सब भन्दा रहश्यमय घटना त के छ भने, यी बरिष्ट नेता, माथी भनेको जस्तै एकातर्फ आफु जबजको धुंवाधार पछ्यधर र योगदानकर्ता भन्न थाक्दैनन, अर्कोतर्फ, आफु पार्टीको अर्को अध्यछ्यमा निर्बाचित हने रणनिती अन्तरगत जबजका घोर बिरोधी रहेका झलनाथ खनाल र अन्य तमाम जबजका कट्टर बिरिधीहरूसंगघनिष्ट रुपमा मिलेर पार्टी भित्र रहेका अन्य प्रखर जबज पछ्यधर नेताहरूका बिरुद्ध गठबन्धन गरेका छन. यो भन्दा घोर अबशरबादी चरित्र अन्य के हुन सक्छ? 

यी बरिष्ट नेता यी दोधारे र एकदमै शंकाश्पद व्यवहारहरू किन प्रदर्शन गरिरहेका छन? मलाई लागि रहेको छ, यी बरिष्ट नेताले एक दिन यी र यस्तै अरु प्रश्नहरूका उत्तर दिनु पर्ने छ. नत्रभने, उनले ढिलो वा चांडो यी नेताजीले कुनै राजनीतिक मूल्य चुकाउनु पर्ने छ. 


दीपक मनराल 
मार्च २०१४ 
शिकागो

, ,

news and entertainment