हराइरहेको विमानबाट ११ मा अमेरिकामा गरिएको जस्तो भारतमा आक्रमण हुन सक्ने
२ चैत, एजेन्सी ।
अमेरिकाका भूतपूर्व उप-विदेशमन्त्री स्ट्रोब टाल्बोटले मलेसियाको हराइरहेको विमानबाट भारतमा २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको जस्तो आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
विमान आतकंवादीहरुले अपहरण गरेको हुन सक्ने आशंका ब्यक्त गर्दै स्ट्रोब टाल्बोटले अपहरित विमानबाट भारतका कुनै शहरमा हमला हुन सक्ने चेतावनी दिएका हुन् ।
स्ट्रोब टाल्बोटले ट्वीटर मार्फत यस्तो चेतावनी दिएपछि भारतमा सनसनी मच्चिएको छ ।
स्ट्रोब टाल्बोट बिल क्लिन्टन राष्ट्रपति हुँदा उपविदेशमन्त्री थिए ।
अहिले उनी अनुसन्धान संस्था ब्रकिङ्स इन्स्टिच्युटका प्रमुख छन् ।
भारत सरकारले भने उनको भनाइप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
